8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

हालै जारी भएको शिक्षा नीतिले परिवर्तनको आशा जगाउनेः शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री पोखरेल

- Advertisement -
- Advertisement -spot_imgspot_img

हालै जारी भएको शिक्षा नीतिले परिवर्तनको आशा जगाउनेः शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री पोखरेल

-खगराज सापकोटा, कावासोती । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री गिरीराजमणि पोखरेलले बर्तमान सरकारले शिक्षाको आमुल परिवर्तनका लागि लागि परेकोले हालै जारी भएको शिक्षा नीतिले परिवर्तनको आशा जगाउने बताएका छन् ।
पुर्बी नवलपरासीका सामुदायिक विद्यालयका प्रधानध्यापकहरुको भेलालाई मंगलबार कावासोतीमा सम्बोधन गर्दै हालै जारी भएको शिक्षा नीतिले समृद्ध नेपाल, सुखी नेपालीको बिचारलाई मुर्तरुप दिने उल्लेख गर्दै शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री पोखरेलले बर्तमान सरकार गरिबीलाई शुन्यमा झार्ने र आम जनताको भावनालाई समेटेर अघि बढने बताएका छन। उहाँले बर्तमान शिक्षा नीतिले सबैलाई समेटेको बताउँदै शिक्षाको रुपान्तरणका लागि सरकार लागि परेकोले अब अभिभाबक र विद्यार्थीको छनौटमा सामुदायिक विद्यालय आउनु पर्ने र त्यसका लागि सामुदायिक विद्यालयका प्रधानध्यापक र शिक्षक जिम्मेवार भएर लाग्नै पर्ने उनले बताए । मन्त्री पोखरेलले सामुदायिक विद्यालयको रुपानतरणलाई केन्द्रमा राखेर अघि बढन् जिल्लाका सामुदायिक विद्यालयका प्रधान– ध्यापकहरुलाई निर्देशन दिदै जागीर खाएर मात्र अब शिक्षकले पार नपाउने बताउदै अब जागीरका लागि मात्र होईन परिवर्तन गर्न सकिदैंन भने अरुलाई अवसर दिनु पर्छ । शिक्षालाई समय अनुकूल परिवर्तन गर्नू पर्नेमा मन्त्री पोखरेलको जोड थियो ।
शिक्षा मन्त्री पोखरेलले नेपालको शिक्षालाई समय अनुकूल परिवर्तन गर्नु पर्ने कुरामा जोड दिदैं देशको विकासका लागि शिक्षा क्षेत्र महत्वपुर्ण भएकाले शिक्षालाई समय अनुकुल परिवर्तन गर्नु पर्ने बताएका छन् ।
उनले शिक्षालाई श्रम प्रविधि र सिपसंग जोडनु पर्ने बताउदै सिपलाई उत्पादनमा बदल्नु पर्छ, अनी मात्र मुलुक समृद्ध समाजको निर्माण हुनेमा जोड दिएका छन् । मन्त्री पोखरेलले विद्यालय राष्ट्र निर्माण गर्ने थलो भएकाले विद्यालयमा कार्यरत शिक्षकलाई गम्भीर बन्न आग्रह गर्दै शिक्षामा राजनीति गर्नेलाई सरकारले अब छुट नदिने प्रष्ट पारे । विद्यालय जागिर खाने नभई राष्ट्र निर्माण गर्ने थलो भएको भन्दै मन्त्री पोखरेलले शिक्षकलाई राजनीति नगर्न आग्रह पनि गरेका छन् । सरकारले संख्यात्मक भन्दा पनि गुणात्मक शिक्षक उत्पादन तर्फ ध्यान केन्द्रित गरिरहेको उनको भनाइ थियो । मौलिक हकका रूपमा संविधान भित्रै समेटिएकाले अनिवार्य र वैज्ञानिक शिक्षाको रूपमा विकास गर्न सरकार प्रति बद्ध रहेको समेत सो अवसरमा बताएका छन् ।
पोखरेलले स्थानीय तहहरुले शिक्षाको ९० प्रतिशत जिम्मेवारी रहेकोमा जोड दिदै अब बन्ने एकीकृत शिक्षा ऐनले सबैको अपनत्व लिने र यो छिट्टै जारी हुने पनि बताएका छन् । शिक्षाको परिवर्तनका लागि शिक्षक नै जिम्मेवार हुनु पर्ने भएकाले शिक्षालाई अब सिप, र श्रम संग जोडेर उत्पादन मुलक काममा लगाउनु पर्ने मा उनको जोड थियो । कार्यक्रम जिल्ला शिक्षा ईकाइ नवलपुरका प्रमुख कृष्ण चन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सामुदायिक तथा निजि विद्यालयका प्र.अ.हरुको बाक्लो उपस्थिति रहेको थियो । यसै गरि मन्त्री पोखरेलले आजै देबचुली माध्यमिक बिद्यालयको ४८ औं बार्षिकोत्सवको उद्घाटन गर्दै शिक्षा अब राजनीतिबाट टाढा रहनु पर्ने र शिक्षामा राजनीति हाबी हुन नदिने बताएका छन् । बार्षिकोत्सवमा संघिय सांसद तिलक महत प्रदेश सांसद रोशन बहादुर गाहा लगाएत विभिन्न संस्थाका प्रतिनिधि छिमेकी विद्यालयका प्र.अ.को उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य न्यौपानेको अध्यक्षतामा समपन्न भएको थियो। भने कार्यक्रममा विद्यालयका प्रधनाध्यापक नारयण भण्डारीले वार्षिक तथा आर्थिक प्रतिवेदन पेश गरेका थिए । २०७६ पौस ९

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!