8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

काठमाडौंमा प्रहरीको सर्च अपरेशन, १२२ चिनियाँ नागरिक पक्राउ

- Advertisement -
- Advertisement -spot_imgspot_img

७ मंसिर, काठमाडौं । चिनियाँ नागरिकहरु अवैध गतिविधिमा संलग्न भएको आशंकामा प्रहरीले सोमबार काठमाडौंमा ‘सर्च एण्ड एरेष्ट’ अपरेशन चलाएको छ । त्यसक्रममा एकैदिन १२२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौं प्रहरी परिसर, टेकुले काठमाडौंको मनमैजु, महाराजगञ्ज र बुढानीलकण्ठ क्षेत्रबाट संयुक्त अपरेशन चलाएको थियो । त्यसक्रममा चिनियाँ नागरिकहरू भिसा अवधि सकिसक्दा पनि अबैध रुपमा बसेको, आइटी, होटल लगायतका क्षेत्रमा काम गर्ने गरेको पाइएको छ ।

उनीहरु ब्यारेक सिस्टममा बसेर काम गरेको भेटिएको काठमाडौं प्रहरीका प्रमुख एसएसपी उत्तमराज सुवेदीले अनलाइनखबरलाई जानकारी दिए । उनले भने, ‘एउटै घरमा २५ देखि ३० जनासम्म बसेर काम गरिरहेको पाइएको छ ।’

उनका अनुसार प्रहरीले ठूलो संख्यामा ल्यापटप र मोबाइल बरामद गरेको छ । त्यसको वैज्ञानिक परीक्षण हुन बाँकी छ । पक्राउ परेकाहरुलाई काठमाडौं प्रहरी मातहतको विभिन्न वृत्त र प्रभागमा राखेर अनुसन्धान थालिएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रामदत्त जोशीले बताए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!