हुलाकी- नवलपुर, पूर्वी नवलपरासीमा तिन छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने २२ जना घाईते भएका छन ।
सोमवार राति कावासोती खरखट्टा जंगलमा ट्रक र कार एकआपसमा ठक्कर खादा ५ जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका ८ खरखट्टा जंगलमा पश्चिमबाट पूर्व तर्फ जादै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट आउदै गरेको बा २१ च ६४०९ नम्बरको कार एक आपसमा ठक्कर खादा कारमा सवार ५ जनाको ज्यान गएको हो ।
मृत्यु हुनेमा देवचुली नगरपालिका १ केउरेनी बस्ने ३५ वर्षिय पूर्ण बहादुर बि.क., केउरेनी ५ बस्ने दिल बहादुर ढेगाँ मगर, देवचुली १० बस्ने २९ वार्षिय हिरा राना, दिपेश राना र कैलाली जिल्लाका सुरज राना मगर भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनु भयो ।
त्यस्तै जिल्लाको मध्यविन्दु नगरपालिका १० अरुणखोलमा रात्री बस दुर्घटना हुदा चालकको मृत्यु भएको छ भने बसमा सवार सबै यात्रुहरु गंभिर घाईते भएका छन । राती करिब २ बजेको समयमा ना. ७ ख ८६४२ नम्बरको दाङ बाट काठमाण्डौ जादै गरेको बस अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जनाएको छ । गंभिर घाईते बस चालक हेटौडाका ३५ वर्षिय लक्ष्मण तिमिल्सिनाको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईतेहरुको जिल्लाको विभिन्न अस्पताल र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै आज विहान मध्यविन्दु नगरपालिका ४० किलो जंगलमा बस अनियन्त्रीत भई पल्टदा ७ जना घाईते भएका छन । सुर्खेतबाट विरगंज जादै गरेको ना ४ ख ख ९५१० नम्बरको बस अनियन्त्रीत भई पल्टिदा दुर्घटना भएको प्रहरीले जनाएको छ । सामान्य र मध्यम घाईते ७ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरी निरिक्षक अधिकारीले जानकारी दिनुभयो । २०७६-६-७
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
