पुर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा मुलुककै नमुना एकीकृत सरकारी कार्यालय निमार्ण हुने भएको छ । अत्याधुनिक र सुविधा सम्पन्न कार्यालय भवनको शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गर्नुभयो । शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपालका लागि सबै एक जुट भएर अगाडी बढ्नुपनमा जोड दिनुभयो ।
मुलुक विकासको गतिमा योजनाबद्धरुपले अगाडी बढीरहेकाले केही वर्षमा नै समृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुने बताउनुभयो । बर्तमान सरकारको लोकप्रियता देखेर केही तत्व विकास विरोधी र सरकार विरोधी गतिविधिमा सक्रिय भएको भन्दै कुनै पनि हालतमा सरकार पछि नहट्ने प्रधानमन्त्री ओलीको दाबी छ ।
कावासोती नगरपालिका ३ स्थित राममन्दिर वरपरको १ सय ७९ बिघा जग्गामा जिल्लाका सबै सरकारी कार्यालय स्थापना गरीने भएको हो । नयां जिल्लामा नमुनास्वरुप एकै स्थानबाट सेवाग्राहीलाई सुविधा दिने उदेश्यले यस क्षेत्रका जनप्रतिनिधी , राजनितिक दल र स्थानीयको पहलमा खाली जग्गा सरकारको नाममा पुर्जा बनेको छ ।
स्थानीय ,प्रदेश र संघिय कार्यालयहरु एकै स्थानमा व्यवस्थापन गर्नका लागि वडा देखी प्रदेश र संघको पहलमा जग्गा नेपाल सरकारको नाममा ल्याईएको हो ।चुनावको समयमा पनि हामीले सरकारी कार्यालयको व्यवस्थापन गर्ने बाचा गरेका उम्मेदवारले गरेका थिए । सबै राजनितिक दल र जनप्रतिनिधीको पहलमा जग्गा व्यवस्थापन गर्न सफल भएका हौ ।