खगराज सापकोटा, कावासोती ।। नयां शैक्षिक सत्रको मुखैमा आइपुग्दा समेत पाठ्य पुस्तकको रकम निकासा नहुदा कावासोती नगरपालिका भित्रका सामुदायिक विद्यालयहरु अन्यौलमा परेका छन् ।
शैक्षिक सत्र सुरु हुनुभन्दा कम्तिमा एक महिना अगावै निकासा हुनुपर्ने रकम हाल सम्म पनि निकासा नहुदा विद्यालयहरुमा पाठ्य पुस्तक खरिद तथा वितरणमा अन्यौलता आएको हो । “पाठ्य पुस्तकको रकम समयमा निकासा नहुदा विद्यार्थीलाई बेलैमा नयाँ पाठ्य पुस्तक उपलब्ध गराउन नसकिने हो की भन्ने चिन्ता छ ।” एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले भने “वालवालिकाको शिक्षा संग जोडिएको संवेदनशील विषयमा समेत नगरपालिकाले चासो नदिनु दुखद् कुरा हो ।” उनले भने “ रकम समयमा निकासाका लागि नगरपालिकाको शिक्षा शाखामा पटक पटक ध्यानाकर्षण गराउदा समेत वास्ता गरिएन ।”
त्यसैगरि शैक्षिक सत्र २०७५को लागि निकासा हुनुपर्ने छात्रवृत्ति, विद्यालय सुधार योजना लगाएतको रकम निकासा हुन नसक्दा छात्रवृत्ति वितरणको कार्य समेत प्रभावित बनेको अर्को एक विद्यालयका प्रधानाध्यापकले हुलाकीलाई बताए ।
यसैविच कावासोती नगरपालिका स्रोतकेन्द्रका स्रोत ब्यक्ति हरि प्रसाद सिग्देलले नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयलाई निकासा दिनुपर्ने रकमको तथ्याङ्क सहितको विवरण एक महिना अघि नै नगरपालिकाको शिक्षा शाखामा बुझाई सकिएको बताए । “ स्रोतकेन्द्रले बुझाउनुपर्ने निकासा सम्वन्धि सबै तथ्याङ्क एक महिना अघिनै बुझाइ सकेको हो, नगरपालिकाले त्यसतर्फ ध्यान नै दिएन ।” उनले भने ।
कावासोती नगरपालिकाको शिक्षा शाखा हेर्ने र पूर्वी नवलपरासीको शिक्षा विकास तथा समन्वय ईकाइ हेर्ने ब्यक्ति एउटै हुदा समयमा कार्य सम्पादन हुन नसकेर यस्तो समस्या आएको सरोकारवाला हरुको आरोप छ । यता कावासोती नगरपालिकाको शिक्षा शाखा समेत सम्हालेका शिक्षा विकास तथा समन्वय ईकाइ पूर्वी नवलपरासीका ईकाइ प्रमुख कृष्ण चन्द्र पोख्रेलले आफ्नो व्यस्तताको कारण समयमै रकम निकासा हुन नसकेको स्वीकार गरेका छन् । “ईकाइको काममा नै बढि ब्यस्त हुनुपर्छ, पर्याप्त जनशक्ति छैन, काम गर्न कठिन छ त्यसैले यस्तो समस्या भएको हो ।” ईकाइ प्रमुख पोखे्रलले भने “अव छिट्टै पहल गरि चैत्र मसान्त भित्र रकम निकासा गर्ने ब्यवस्था मिलाउछु । ”
यसै सन्दर्भमा कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले भने यस वारेमा आफुलाई अहिले सम्म कुनै जानकारी नै नभएको बताए । “ निकासा सम्वन्धमा अहिले सम्म शिक्षा शाखाबाट कुनै पनि कागजात म कहाँ आएको छैन, नगर शिक्षा शाखा प्रमुखबाट यस सम्वन्धमा मलाई कुनैपनि जानकारी गराइएन ।” उनले भने “ म तत्काल शिक्षा शाखा संग समन्वय गरेर निकासा प्रकृया अगाडि बढाउछु ।”
विद्यालयहरु यतिवेला चालु शैक्षिक सत्र २०७५को वार्षिक परीक्षा सकेर नतिजाको तयारीमा जुटेका छन् । नतिजा संगसंगै नयाँ शैक्षिक सत्रकालागि योजना तर्जुमा, पाठ्य पुस्तक खरिद, विद्यार्थी भर्ना अभियान संचालनको तयारी, विद्यालय सुधार योजना निर्माण लगायतका कार्यक्रम चैत्र मसान्त भित्रै सम्पन्न गर्नुपर्ने भएकाले ढिला नगरी तत्काल रकम निकासाको ब्यवस्था मिलाउन विद्यालयहरुले माग गरेका छन् । २०७५, चैत्र-२१ को हुलाकी दैनिकमा खबर छ ।
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
