8.1 C
Kathmandu
Flowers in Chania

हुरी पिडितलाई सरकारको न राहत, न राष्ट्रिय शोक

- Advertisement -

हावाहुरीबाट २७ जनाको मृत्युभएको झण्डै २८ घन्टापछि सोमबार साँझ बालुवाटारमा बसेको संघीय सरकारको मन्त्रिपरिषद बैठकले राहत तथा उद्धारमा सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ । बारा र पर्साका हावाहुरी प्रभावितहरुलाई यथोचित बासस्थानको व्यवस्था मिलाउन संघीय सरकारले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

घाइतेहरूको उपचार खर्च व्यहोर्ने, प्रकोपस्थलमा महामारी फैलन नदिने र गृह मन्त्रालयले तथ्यांक संकलन गर्ने निर्णय गरेको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार बिहानै झापामा रहेका प्रधानमन्त्रीलाई टेलिफोन गरेर राष्ट्रिय शोकको घोषणा गर्न माग गरेका थिए । सोमबार बस्ने केन्द्र सरकारको बैठकले राष्ट्रिय शोक घोषणा गर्ने धेरैले आशा गरेका थिए ।

तर, बालुवाटारमा बसेको बैठकले राष्ट्रिय शोक घोषणा गर्ने प्रदेश सरकारको आग्रहबारे भने कुनै निर्णय गरेन ।तत्कालीन राहतका बारेमा पनि केन्द्र सरकारबाट कुनै निर्णय भएन । प्रदेश सरकारले सोमबार बिहान ७ बजे नै बैठक बसेर मृतकका परिवारलाई ३ लाख रुपैयाँ राहत दिने निर्णय गरिसकेको छ ।

थप राहतबारे क्षतिको विवरण संकलन गरेपछि उचित निर्णय गरिने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् । चैत्र-१९, २०७५

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania