आइतवार साँझ बारा र पर्सामा आँधी–हुरीले तराईका केहि जिल्लामा तहस नहस पारेको छ । हावा हुरिकै कारण हालसम्म ३१ जनाको ज्यान गइसकेको छ भने ६ सयभन्दा बढी घाइते भएका छन् , उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हुरीले अधिकांश घरका छाना उडाइदिएको छ । घरको छाना र कतिपय घरै भत्किएका कारण भण्डारण गरिएको अन्न पनि नष्ट भएको छ । सो क्षेत्रका फुसका घरहरु अधिकांश सग्ला छैनन् ।
सडक किनारामा पार्क गरिएका मालबाहक ट्रक पल्टिएर क्षतिग्रस्त भएका छन् भने रोकिराखेका बस पनि पल्टिएका छन् । बस्ने घरनै हावाले उडाएपछि हजारौं सर्वसारधारणको बिचल्ली छ । हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
ठूलो हताहती भएकाले कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन । घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बिरामीको चापले रगतसमेत अभाव भएको छ । तराईका धेरै जिल्लाहरु हावाहुरीको चपेटामा परे पनि अन्य जिल्लाबाट भने क्षतिको खबर प्राप्त भएको छैन । २०७५-१२-18