8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

कावासोती नगरपालिकाको दमकल र बस ठक्कर खादा ७ जना गम्भीर, २७ घाईते

- Advertisement -
- Advertisement -spot_imgspot_img


कावासोती नगरपालिकाको दमकल र यात्रु बाहक बस ठक्कर खादा २७ जना घाईते भएका छन । घाईते मध्ये सात जनाको अवस्था गम्भिर रहेको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासी पूर्व मध्यविन्दु १५ मा पर्ने अरुणखोला र चोरमारा बिच जंगलमा बुधवार विहान साढे सात बजे काठमाण्ढौबाट भैरहवाका लागि छुटेको लु १ ख ८७९७ नम्बरको यात्रुवहाब बस र कावासोती आउदै गरेको लु १ ग ३१० नम्बरको कावासोती नगरपालिकाको दमकल एक आपसमा ठक्कर खादा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिए । गम्भिर घाईते सात जनाको भरतपुरमा उपचार भईरहेको र अन्य २० जनाको मनकामना पोलिक्लिनीक अरुणखोलामा उपचार भईरहेको प्रहरी नायव उपरिक्षक लामिछानेले बताए । दमकलमा ६ जना सवार रहेका मध्ये दुई जना घाईते भएका छन । अन्य बसमा सवार हुन ।
वर्षाका कारण दाउन्नेमा खसेको पहिरो हटाउन कावासोतीको  दमकल पुगेको थियो । पहिरोले बाटो चिप्लो बनाएपछि बाटो पखालेर फर्कदै गर्दा दुर्घटनामा परेको हो । माघ-९, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

error: Content is protected !!