8.1 C
Kathmandu
Flowers in Chania

दाङमा बस दुर्घटना, ९ जनाको मृत्यु

- Advertisement -

सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना महिला र  ८ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तुलसीपुर उप-महानगरपालिका  ३ राम्री भन्ने ठाउँमा बा ४ ख ९७६६ नम्बरको बस सडकबाट ७ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेम शाही नेतृत्वको १९ जनाको टोली र  जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजनकुमार गौतमको कमाण्डमा १७ जनाको प्रहरी टोली  खटिएको छ ।

दुर्घटनास्थल तुलसीपुरबाट १३ किलोमिटर उत्तरमा पर्छ । प्रहरीले चार जना घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल ल्याएको अस्पतालले जनाएको छ । २०७५/९/६

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania