पेट्रोल रु ११२ प्रतिलिटर, डिजेल र मट्टीतेल रु ९९ प्रतिलिटर
नेपाल आयल निगमले पेट्रोलियन पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटि्टतेलको मूल्यमा प्रतिलिटर २/२ रुपैयाँ घटाउने निर्णय गरेको हो ।
इण्डियल आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यका आधारमा समायोजन गरिएको निगमले जनाएको छ । हवाइ इन्धन र एलपीजी ग्यासको मूल्य भने पुरानै कायम छ । पेट्रोल रु ११२ प्रतिलिटर, डिजेल र मट्टीतेल रु ९९ प्रतिलिटर रहेको छ ।
निगमले गत वर्षदेखि कार्यान्वयनमा ल्याएको ‘स्वतः सञ्चालित मूल्य संरचना’ अनुरुप इण्डियन आयल कर्पोरेशन ९आईओसी०ले नयाँ मूल्य निर्धारण गरेपछि नेपालमा पनि मूल्य समायोजन गरेको उहाँले जानकारी गराउनुभयो ।