8.1 C
Kathmandu
Flowers in Chania

कांग्रेसमा पदाधिकारी विवाद टुंगियो, कोषाध्यक्षबाहेक सबै निर्वाचित, अब कांग्रेसमा उपसभापति, महामन्त्री र सहमहामन्त्री २-२ जना हुने

- Advertisement -

अब कांग्रेसमा उपसभापति, महामन्त्री र सहमहामन्त्री २-२ जना हुनेछन् । सभापतिसँगै उनीहरु पनि महाधिवेशनबाटै चुनिनेछन् ।

नेपाली कांग्रेसमा  लामो रस्साकस्सीपछि पदाधिकारी विवाद मिलेको छ । शीर्ष तहमा भएको सहमतिअनुसार अब कांग्रेसमा उपसभापति, महामन्त्री र सहमहामन्त्री २-२ जना हुनेछन् । सभापतिसँगै उनीहरु पनि महाधिवेशनबाटै चुनिनेछन् ।

कोषाध्यक्ष भने मनोनित हुनेछ । निर्वाचत केन्द्रीय सदस्यहरु मध्येबाट कोषाध्यक्ष मनोनित गर्ने सहमति जुटेको छ । प्रवक्ता पदाधिकारी मध्ये वा केन्द्रीय सदस्यलाई दिन सकिनेछ ।

अहिलेको विधानमा सभापतिसँग एक महामन्त्री र कोषध्यक्ष मात्र निर्वाचित हुने व्यवस्था थियो । उपसभापतिसँगै एक महामन्त्री, सहमहामन्त्री भने सभापतिले मनोनित गर्ने र केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने व्यवस्था थियो । पछिल्लो पटक फोरम लोकतान्त्रिकसँग भएको राजनीतिक सहमतिका आधारमा एक उपसभापति थपियो ।

महामन्त्री पूर्णबहादुर खड्काको विधान संशोधन मस्यौदा समितिले संख्या र निर्वाचन पद्धतीमा सहमति जुटाउन नसकेपछि अहिलेकै पदाधिकारी कायम राख्न प्रस्ताव गरेको थियो । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहका नेताले फरक मत राखे ।

त्यसपछि भएको छलफलमा विभिन्न विकल्प आएपछि अन्तत २/२/२ मा सहमति जुटेको छ । यो पार्टी सभापति शेरबहादुर देउवाले अघि सारेको प्रस्ताव हो तर, निर्वाचन पद्धतीमा भने वरिष्ठ नेता रामचन्द्र पौडेलको अडान सदर भएको छ ।

केन्द्रीय समिति १६१ सदस्यीय, ३३ प्रतिशत महिला

शीर्ष नेताहरुबीच केन्द्रीय कार्यसमितिको आधार अझ बढाउने सहमति भएको छ । अब केन्द्रीय कार्यसमिति १६१ सदस्यीय हुनेछ, जसमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । साथै जातीय क्लस्टरहरु पनि मिलाइने एक नेताले बताएका छन् ।

शीर्ष तहमा भएको यो सहमतिलाई आज १२ बजे बस्ने केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नेछ र विधान संशोधन प्रस्तावलाई महासमिति बैठकमा पेश हुनेछ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania