8.1 C
Kathmandu
Flowers in Chania

जन्ती चढेको सवारी दुर्घटना, बेहुलाका आमा-बुवासहित ६ को मृत्यु, दुई घाइते

- Advertisement -

दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक जन्ती चढेको जीप र यात्रु बस आपसमा ठोक्किँदा बेहुलाका आमा-बुवासहित ६ जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
बेहुली लिएर चितवनको गितानगरबाट बाँकेको शमसेरगञ्ज जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस बिहीबार बिहान २ बजेतिर ठोक्किएका हुन् ।
मृत्यु हुनेहरुमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीया विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दीपककुमार खड्का र बाँकेको कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।
मानबहादुर केसी र विमला खत्री बेहुलाका आमा-बुवा हुन् ।
मंगसिर-२७, २०७५

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania