19.1 C
Kathmandu
Sunday, November 28, 2021
Your Ad Here  9857041698

५ किशोरीलाई भारत लैजान खोज्ने दुई नियन्त्रणमा, देउशी खेल्न हिनेका बालिका रातारात सुर्खेत

- Advertisement -
- Advertisement -spot_imgspot_img

जिल्लाका पाँच किशोरीलाई बेचबिखनका लागि भारत लैजान लागेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका उनीहरुलाई आइतबार नै मानव बेचबिखन तथा ओसारपसार अभियोग मुद्दामा नुवाकोट जिल्ला अदालतबाट म्याद लिइ अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

यसैगरी नुवाकोटबाट हराएका पाँच किशोरीलाई घरमा बन्धक बनाएको अवस्थामा सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ का २३ वर्षका निर्मल विश्वकर्मा र नुवाकोटको लिखु गाउँपालिका–४ चौघडाका २० वर्षका विकास प्याकुरेललाई हिरासतमा राखेर अनुसन्धान गर्न उक्त अदालतले तीन दिनको अनुमति दिएको छ ।

बन्धक बनाइएका किशोरीको बयानका आधारमा नुवाकोटबाट भारततर्फ लैजान सहयोग पुर्याउने प्याकुरेललाई प्रहरीले आइतबार बट्टार बजारबाट नियन्त्रणमा लिएको थियो ।

विश्वकर्मालाई सुर्खेत प्रहरीले गत शुक्रबार बन्धक बनाइएका किशोरीको उद्धारको क्रममा घरबाटै नियन्त्रणमा लिएर कारवाहीको लागि शनिबार नुवाकोट प्रहरीलाई बुझाएको थियो ।

घटनामा संलग्न धेरै व्यक्ति भएकाले तिनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उद्धार गरिएका १३ देखि १६ वर्ष उमेरका ती किशोरीलाई जिल्ला प्रहरीको महिला तथा बालिका सेवा केन्द्रको आश्रयमा राखिएको छ ।

कात्तिक २१ गते लक्ष्मीपूजाका दिन देउसी खेल्न भनी घरबाट हिँडेका ती किशोरीलार्ई भारतमा राम्रो काम मिलाइदिने भनी फकाएर नुवाकोटबाट सुर्खेत पुर्याएपछि प्रहरीले गत शुक्रबार उद्धार गरी आइतबार नुवाकोट ल्याएको थियो । कार्तिक-२६, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!