नवलपुरको पहाडी गाउपालिका बुलिङ्गटारमा थ्रेसर बोकेको ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु भएको बुलिङ्गटार प्रहरीले जनाएको छ । बुलिङ्गटार-२, डाडाझेरी, धानबारी बस्ने अन्दाजी ३० बर्षका भेटन बहादुर पुलामीको मृत्यु भएको हो । थ्रेसर लिएर हिनेको लु.३ त ६९०४ नम्बरको ट्याक्टर पल्टिएर दुर्घटना हुदा पुलामीको मृत्यु भएको हो । ट्रयाक्टर चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । २०७५ कार्तिक-२०