नवलपुरमा दसैं देखि भएको पेट्रोलको अभाव आज पनि उस्तै रहेको थियो । बिहान सबेरै देखि पेट्रोलपम्पमा सटर लगाई बन्द गरिएको थियो । उपभोक्ता पेट्रोल पम्पमा गएर फर्किएका थिए ।
चितवन पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष ईश्वरी भट्टराईले दसैंमा आयल निगम र ट्याङकर चालकहरुको बिदा परेकोले उपभोक्ताको माग अनुसार पेट्रोल आयात नभएकोले अभाव देखिएको बताउनुभयो । बुधबार सम्म दशैंको समयमा ढुवानी कम साथै अन्य समयको तुलनामा पेट्रोल को खपत पनि वढी भएकाले अभाव सृजना भएको देवचुली १७ गौरी शंकर पेट्रोल पम्पका म्यानेजर कृष्ण पाण्डेले बताउनुभयो ।
पाण्डेका अनुसार बुधबार राति सम्म पेट्रोल आईपुग्ने र उपभोग्तालाई आज देखी सहज हुने जानकारी दिनुभयो ।
नवलपुरमा दैनिक एक देखि डेढ लाख लिटर पेट्रोलको माग भए पनि आयात भने ठप्प जस्तो रह्यो । ट्याड्ढरहरुले पेट्रोल लोड गरेर हिजो सा“झसम्ममा आइपुग्ने भनिए पनि बुधबार दिनभर पेट्रोल अभाव नै रहेको थियो ।कार्तिक-९, २०७५