25.1 C
Kathmandu
Flowers in Chania

आर्थिक पारदर्शीता र सुशासनको माग गर्दै गैडाकोट नगरपालिकामा लगाएको तालाबन्दी खोलियो

- Advertisement -Flowers in Chania

आर्थिक पारदर्शीता र सुशासनको माग गर्दै गैडाकोट नगरपालिकाको कार्यालयमा लगाएको तालाबन्दी खोलिएको छ । जिल्ला प्रशासन कार्यालय कावासोतीमा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको संयोजकत्वमा बसेको नगर प्रमुख छत्रराज पौडेल, उपप्रमुख विष्णुकुमारी कंडेल सहितको छलफलपछि ताला खोलिएको हो । आर्थिक वर्ष २०७४/७५ को असार महिनाको हिसाबकिताब हेर्न पाउने सहमति बनेपछि ताला खोलिएको गैंडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कंडेलले बताउनुभयो ।
पटकपटक नगरकार्यपालिकाको बैठकमा नगरप्रमुख समक्ष आर्थिक पारदर्शिताका लागि माग गर्दा पनि सुनुवाई नभएको हुँदा बाध्यतावस नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्नु परेको उपप्रमुख कंडेलले बताउनु भयो । उहाले नगरपालिकामा असमझदारी नहोस भन्ने कामना समेत गर्नुभयो ।
छलफलमा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, नगर प्रमुख छत्रराज पौडेल, उपप्रमुख विष्णुकुमारी कंडेल, प्रहरी उपरीक्षक रमेश थापा, गैंडाकोट नगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, वडा अध्यक्ष ध्रुवराम पौडेल, वडा अध्यक्ष शिवकान्त तिवारी, नगर कार्यपालिका सदस्य कुमारी रेखा पौडेल, नगर सभा सदस्य कृष्ण सापकोटा, जिल्ला प्रशासनका अधिकृत आनन्द शर्मा भुषाल सहभागी हुनुहुन्थ्यो ।
साथै हिसाब किताब हेर्न पाउनेगरी एक समिति गठन गरिएको छ । समितिमा प्रमुख कोष नियन्त्रक महेश शरण भण्डारी, उपप्रमुख विष्णुकुमारी कंडेल, वडा अध्यक्ष ध्रुवराम पौडेल, नगर कार्यपालिका सदस्य कुमारी रेखा पौडेल, नगर सभा सदस्य कृष्ण सापकोटा, जिल्ला प्रशासनका अधिकृत आनन्द शर्मा भुषाल, गैंडाकोट नगरपालिकाका लेखा अधिकृत दुर्गादत्त शर्मा रहनुभएको छ । गैंडाकोट नगरकार्यपालिकाबाट भएका विकास निर्माण लगायतका खर्चका हिसाब किताब जिम्मेवार जनप्रतिनिधिहरुलाई जान्नबाट बन्चित गराएको आरोपमा उपप्रमुख लगायत बहुमत सदस्यले मंगलबार तालाबन्दी गरेका थिए । यसअघि बिहान गैंडाकोट नगरपालिका अघि चौतारीमा उभिएर नगर प्रमुख छत्रराज पौडेलले नगरपालिकाका कागजात ध्वस्त पार्ने काण्डमा संलग्न व्यक्तिहरूलाई कागजात देखाउन नसक्ने बताउनुभएको थियो ।
गैंडाकोट नगरपालिकाको कार्यपालिकामा नेकपाका १० र नेपाली कांगे्रसबाट निर्वाचित १८ जना सदस्यहरु रहेका छन् । जसले गर्दा नगरमा सुरुवातका दिनबाटै बहुमत र अल्पमतको रसाकस्सीका कारण पटक–पटक नगरकार्यपालिकामा बैठकमा विवाद भएका कुरा बाहिर आउने गरेका छन् ।भदौ-२८, २०७५

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्