27 C
Kathmandu
Wednesday, August 4, 2021

गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन

- Advertisement -
- Advertisement -spot_imgspot_img

गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । रिमालको गएराति आफ्नै निवास बानेश्वर हाइटमा निधन भएको नाट्यकर्मी अशेष मल्लले जानकारी दिए ।

९३ वर्षीय रिमाल लामो समयदेखि अस्वस्थ थिए । उनी घरमै आराम गर्दै आइरहेका थिए । रिमालका ‘फगत एक नजरमा कसैले लियो मन’ लगायत गीत चर्चित छन् । कतिपयले रिमाललाई रेडियो नेपालको पहिलो गायक भन्ने गरेका भए पनि यसको रेकर्ड अरुकै नाममा छ । रिमालभन्दा अगाडि मलेवादेवीलगायतले गीत रेकर्ड गराइसकेका थिए ।

गोपालप्रसाद रिमालका भाइसमेत रहेका उनको परिवार नै नाटकमा लागेकाले उनी सानैदेखि यसमा जोडिएका थिए । उनले फिल्म ‘आमा’ सँगै नाटकहरु सन्तान, मुकुन्द इन्दिरालगायतमा अभिनय गरेका थिए । अभियनसँगै उनले निर्देशनको पाटोसमेत सम्हाले ।

रिमालप्रति श्रदाञ्जली अर्पण गर्न अहिले उनको बानेश्वर हाइटस्थित निवासमा कलाकारहरुको भीड लागेको छ । उनको पार्थिव शरीरलाई अहिले बिहान १० बजेसम्म निवासमा राखिने र त्यसपछि अाजै  पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको  छ । भदौ-१५, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्