27 C
Kathmandu
Wednesday, August 4, 2021

डण्डाको मध्यविन्दुलाई जिल्ला अस्पताल बनाउन प्रदेश सरकारको सिफारिस

- Advertisement -
- Advertisement -spot_imgspot_img

गण्डकी प्रदेश सरकारले डण्डाको मध्यविन्दु अस्पताललाई जिल्ला अस्पताल बनाउन केन्द्र सरकार संग माग गरेको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रबक्ता मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।
जिल्ला टुक्रिएर दुई प्रदेशमा परेको नवलपरासीको नवलपुर क्षेत्रमा सरकारी अस्पताल छैन । यसअघिको जिल्ला अस्पताल परासीमा परेपछि गण्डकी प्रदेशमा पर्ने जिल्ला सरकारी अस्पताल विहिन भएको हो । अहिले प्रदेश सरकारले सरकारी अस्पताल स्थापनाका लागि पहल थालेको छ । बुधबारको मन्त्रीपरिषद् बैठकले नेपाल मध्यविन्दु सामुदायिक स्मृति अस्पताललाई जिल्ला अस्पतालको रुपमा रुपान्तरण गरिदिन केन्द्र सरकारसंग माग गरेको हो । अस्पतालको क्षमता ५५ शैया छ ।

‘सबै उपकरण सहित जग्गासम्म सरकारलाई दिन तयार हुनुहुन्छ । संरचना बनिसकेकोले यसैलाई जिल्ला अस्पतालको रुपमा अघि बढाउदा सजिलो हुन्छ, प्रदेश सरकारका प्रबक्ता बस्नेतले भने–जिल्ला समन्वय समिति देखि सरोकारवाला निकायले पनि सरकारी अस्पताल बनाउन सिफारिस गरेका छन् ।’
यस्तै, सरकारले थप ६ वटा स्वास्थ्य कार्यालय खोल्नका लागि स्विकृति मागेको छ । ११ वटा जिल्लालाई ५ वटामात्रै स्वास्थ्य कार्यालय चलाउने अनुमति सरकारले दिएको थियो । तर भेग नमिलेका कारण हरेक जिल्लामा स्वास्थ्य कार्यालय आवश्यक पर्ने बस्नेतको भनाई छ । नवलपुर र गोरखालाई एउटा स्वास्थ्य कार्यालय भनेको छ । तनहु“, स्याङजा र कास्कीलाई एउटा कार्यालय कास्कीमा बस्छ, मनाङ र लमजुङको कार्यालय लमजुङमा राख्नु भनेको छ, बस्नेतले भने–यति धेरै असमान जिल्लालाई एउटै कार्यालयले हेर्न सम्भव छैन ।

जनताले घरदैलोमा सेवा पाएको महशुस गर्न सक्दैनन् । उनले स्याङजा, तनहु“, पर्वत, म्याग्दी, मनाङ र नवलपुरमा छुट्टाछुट्टै कार्यालय खोल्नका स्विकृति मागेको बताएका छन् । ६० जनाको कर्मचारी दरबन्दी सहित अख्तियारी दिन सरकारसंग प्रदेशको माग छ । संघको मातहतमा रहेको एकमात्र स्वास्थ्य तालिम केन्द्र पनि आफुलाई दिन प्रदेश सरकारको आग्रह छ । भदौ-१५,२०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्