27 C
Kathmandu
Wednesday, August 4, 2021

कार्यकर्तालाई थुनामा राख्दैमा क्रान्ति नरोकिने विप्लवको चेतावनी, सरकारसँग वार्ता नगर्ने घोषणा,

- Advertisement -
- Advertisement -spot_imgspot_img

विप्लव नेतृत्वको नेकपाले सरकारसंग बार्तामा नवस्ने अडान राखेको छ । नेकपाले सरकारसंग बार्तामा बस्नुको कुनै औचित्य नरहेको अडान राखेको छ । आफ्ना कार्यकर्तालाई थुनामा राख्दैमा क्रान्ति नरोकिने भन्दै नेकपाका महासचिब नेत्रबिक्रम चन्द ‘विप्लव’ले जारी गरेको बिज्ञप्तीमा भनिएको छ-सरकारले बार्ताको आह्वान गरेर नाटक रचेको छ । यो वार्ताको आह्वान मिठाईको लेपन लगाएको बिषको चक्की मात्र हो । ’

बार्ताको कुनै अर्थ नरहेको समेत सो पार्टीले जनाएको छ । पछिल्लो समय बिप्लवका प्रभावशाली नेताहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको छ । चन्दा आतंकको नाममा प्रहरीले मुद्दा परेको भन्दै सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, महिला नेतृ उमा भुजेल लगायतका एक दर्जन नेतालाई पक्राउ गरेको छ । समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । भदौ-१४, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्