27 C
Kathmandu
Wednesday, August 4, 2021

रौतहट डुंगा दुर्घटना, ५ जना वेपत्ता, २१ को उद्धार

- Advertisement -
- Advertisement -spot_imgspot_img

रौतहटको गौर नगरपालिका वडा नम्बर ४ स्थित लालबकैया नदीमा शनिबार साँझ डुंगा दुर्घटना हुँदा डुबेका २१ जनाको प्रहरीले उद्धार गरेको छ । ५ जना भने अझै हराइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, रौतहटले २१ जना भेटिएको र हराइरहेका ५ जनाको खोजी कार्य भइरहेको जनाएको छ ।

अवस्था अझै अज्ञात रहेकामा ओमप्रकाश चन्द्रवंशी, शान्तिदेवी साह, इन्दुदेवी पटेल, उष्मा पटेल र रुनादेवी पटेल छन् । यीमध्ये ओमप्रकाश डुंगाका सहचालक हुन् ।

औरहियाबाट गौरतर्फ आउँदै गरेको डुंगा शनिबार पुल निर्माणका लागि बनाइएको पिल्लरमा ठोक्किएर दुर्घटना भएको थियो । डुंगा दुर्घटना हुने बेला करिब २६ जना रहेको अनुमान गरिएको थियो ।

डुंगा दुर्घटना भएलगत्तै बेलुकादेखि नै सुरक्षाकर्मीको टोलीले खोजी सुरु गरेको थियो । हराइरहेकाहरुको आइतबार बिहानैदेखि पनि प्रहरी, नेपाली सेना, सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा खोजी भइरहेको छ । भदौ-१०, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्