27 C
Kathmandu
Wednesday, August 4, 2021

भदौ मसान्त भित्रै महासमिति बैठक बोलाउने देउवाको तयारी

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भदौ मसान्तमै महासमिति बैठक बोलाउने तयारी गरेका छन् । अब तत्कालै बस्ने केन्द्रीय कार्यसमितिको बैठकले मिति तोक्ने बताईएको छ ।

जेठ अन्तिममा भएको केन्द्रीय कार्यसमितिले भदौ मसान्तभित्र महासमिति बैठक गर्ने निर्णय गरेको थियो । तर, लामो समय विधान मस्यौदा समिति नै गठन हुन सकेन ।

नेताहरुले अब छठपछि मात्र महासमिति हुने अनुमान गरेका थिए । तर,  रामचन्द्र पौडेल समूहसँगै महामन्त्री शशांक कोइरालाले समेत महासमिति बैठक टार्न खोजेको आरोप लगाएपछि सभापति देउवा यही महिनामै महासमिति बैठक बोलाउने मुडमा पुगेका हुन् ।

एक पदाधिकारीले भने, ‘हामीले त भदौ मसान्तमा गर्न गाह्रो छ, असोज मध्यतिर गरौं भनेका छौं । तर, उहाँले  २४/२५ दिनमा भ्याइन्छ, तयारी गर्नुस् भन्नु भएको छ ।’

त्यसकै लागि देउवाले केन्द्रीय कार्यसमिति बैठकको अघिल्लो दिन विधान मस्यौदा समिति गठन गरेका छन् ।

महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको ११ सदस्यीय समितिको पहिलो बैठक भोलि नै बोलाइएको छ ।समितिले विधान संशोधनको मस्यौदा बनाउन आफूलाई चाहिने समय निर्धारण गरेपछि महासमितिको मिति तय हुने एक नेताले बताए ।

भदौ मसान्तबाट सुरु गरेर असोज पहिलो साता सक्ने गरी महासमिति बोलाउने योजना छ । भदौ-८, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

63 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्