27 C
Kathmandu
Wednesday, August 4, 2021

सुनवल बन्यो देशकै पहिलो बालमैत्री नगर

- Advertisement -
- Advertisement -spot_imgspot_img

प्रदेश ५ मा पश्चिम नवलपरासीको सुनवल नगरपालिका देशकै पहिलो बालमैत्री नगरपालिका घोषित भएको छ । आइतबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नगरपालिका प्रमुख भीमबहादुर थापालाई बालमैत्री नगरपालिकाको प्रमाणपत्र हस्तान्तरण गर्दै बालमैत्री घोषणा गरेका हुन् ।

यसअघि सुनवल २०७२ सालमै बालमैत्री बनेकोमा पछि नगरपालिकाको पुनःसंरचना हुँदा ३ वटा वडा थपिएकाले ती वडालाई पनि बालमैत्री बनाएर आइतबार पुनः घोषित गरिएको हो ।

घोषणा कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले सन्तान जन्माउंदा गर्भको बच्चाको लिंग पहिचान नगर्न आग्रह गरे । छोराको चाहनाका नाममा गर्भको शिशुको लिंग परीक्षण गरी छोरीको भू्रण हत्या गर्ने काम धेरै भइरहेको बताउदै मुख्यमन्त्रीले त्यसो नगर्न अनुरोध गरे ।

‘धेरै ठाउँमा देखिने गर्छ, छोराको चाहनाका नाममा गर्भको शिशुको लिंग परीक्षण गरी छोरी भए गर्भपतन गराउने परिपाटी ब्याप्त छ’-मुख्यमन्त्री पोखरेलले भने ‘म अनुरोध गर्छु,छोरी जन्मिने भयो भनेर भ्रूण हत्या गर्ने प्रवत्ति छ, यस्तो कसैले पनि नगरौं ।’

सन्तान जन्मेपछि हुर्काउने र पढाउने सवालमा पनि छोरा र छोरीबीच भेदभाव गर्ने परिपाटी अझ नहटेको औंल्याउंदै मुख्यमन्त्री पोखरेलले छोरीले पनि छोरासरह जुनसुकै काम गर्न सक्छन् भन्ने मानसिकता हरेक बाबु आमामा हुनुर्नेमा जोड दिए ।

‘बच्चा हुर्काउँदा छोरालाई एक प्रकारले र छोरीलाई अर्को प्रकारले ब्यवहार गरिदै आएको छ, शिक्षा दिने क्रममा पनि छोरीलाई भेदभाव भएको छ’ मुख्यमन्त्रीले भने ‘छोरा छोरी दुबैलाई हुर्काउँदा र पढाउँदा भेदभाव नगरौं ।’

कार्यक्रममा प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल, राष्ट्रिय सभा सदस्य रामलखन हरिजन, प्रदेश ५ का भौतिक तथा पूर्वाधार मन्त्री बैजनाथ चौधरी, प्रदेश ५ का सांसद बैजनाथ जयसवालले नेपालकै पहिलो बालमैत्री नगर घोषणा भएकोमा नगरवासीहरुलाई शुभकामना व्यक्त गरे ।

नगर प्रमुख भीमबहादुर थापा (भरत) ले नगरपालिकाको पुनर्संरचना हुँदा थपिएका ३ वटा वडासमेतलाई बालमैत्री बनाएर नेपालकै पहिलो बालमैत्री स्थानीय तह घोषणा गरिएको बताए । २०७५ भदौ-३

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्