27 C
Kathmandu
Wednesday, August 4, 2021

अर्जुनको ‘देखिरन्छु जहिले’ को म्युजिक भिडियो छिट्टै सार्वजनिक हुँदै

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपुरबाट संगीतको क्षेत्रमा प्रवेश गरेका उदयमान गायक अर्जुन पौडेलले नौलो र रोचक सांगीतिक कोसेली लिएर आउने भएका छन् । उनको स्वरमा  गीत ‘देखिरन्छु जहिले’ को म्युजिक भिडियो छिट्टै सार्वजनिक हुँदैछ । गीतको छायांकन सकिसकेकाले अहिले म्युजिक भिडियो मिक्सिङ्गका क्रममा छ ।

नवलपुरका उदयमान गायक पौडेलको लोकपप गीत ‘देखिरन्छु जहिले’मा अर्जुन मादेन लिम्बूको शब्द संगीत र क्षितिज कुलुङको एरेन्जमा तयार भएको छ । यस गीतमा भने स्वयम् गायक अर्जुन पौडेल, अर्जुन मादेन लिम्बू र निरन्जली लामालाई देख्न सकिने यस भिडियोमा निर्मल सुब्बा “आशिष” र सन्तोष आले मगरले पनि अभिनय गरेका छन् ।

ललितपुरस्थीत सिलौती रिसोर्टमा छायांकन गरिएको भिडियोमा संगीता चन्दको श्रृङ्गार, मेघराज मगरातीको छायांकन तथा सम्पदन र दिनेश माङ्मुको निर्देशन रहेको छ । सो गीतको म्युजिक भिडियो भने केही दिन पछि सार्वजनिक हुने निर्देशक दिनेश माङ्मु र गायक अर्जुन पौडेलले बताएका छन ।

 

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्