27 C
Kathmandu
Wednesday, August 4, 2021

सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री स्थानीय तह

- Advertisement -
- Advertisement -spot_imgspot_img

पश्चिम नवलपरासीको सुनवल नगरपालिकालाई नेपालकै पहिलो बालमैत्री स्थानीय तहकोरुपमा घोषणा गरिने भएको छ । नलपरासीको सुनवल नगरपालिका बाल मैत्री स्थानीय शासनको सबै सूचकहरु पूरा गर्दै नेपालकै पहिलो बाल मैत्री स्थानीय तहको रुपमा घोषणा हुन लागेको हो ।

साविक सुनवल नगरपालिकामा रहेको १० वटा वडामा बाल मैत्री स्थानीय शासनका सम्पूर्ण सुचक पूरा भई वि.स. २०७२ जेष्ठ ३२ गते नै नेपालको पहिलो बाल मैत्री नगरपालिकाको रुपमा घोषणा भईसकेको थियो ।

हाल देश संघीय संरचनामा गई सकेपछि यस नगरपालिकामा थपिएको थप ३ वटा वडा समेतलाई बाल मैत्री वडा घोषणा गर्दै नेपालकै पहिलो बाल मैत्री स्थानीय तहको रुपमा स्थापित हुन लागेको नगर प्रमुख भीमबहादुर थापाले जानकारी दिनुभयो ।

आज नगरपालिकाको वार्ड १२ स्थित जगन्नाथ माविमा राखिएको एक समारोह प्रदेश ५ को मुख्यमन्त्री शंकर पोख्रेलले नगरको वडा ११,१२ र १३ लाई बालमैत्री घोषणा गर्दै नेपालकै पहिलो बालमैत्री स्थानीय तह घोषणा गर्ने कार्यक्रम रहेको छ । भदौ-३, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्