27 C
Kathmandu
Wednesday, August 4, 2021

हँसिया प्रहार गरी भाइ र छोराको हत्या, २ जना घाइते

- Advertisement -
- Advertisement -spot_imgspot_img

पश्चिम रुकुमको मुसिकोट नगरपालिका १४ लहरेखेतका एक व्यक्तिले आफ्नै भाइ र छोराको हत्या गरेका छन् । आक्रमणबाट अरु दुई  छोराहरु घाइते भएका छन् । बुधबार बिहान करिब साढे ६ बजेतिर करिब ३७ वर्षीय शंकर विष्टले एक्कासी आफ्ना भाइ र छोराहरुलाई घरेलु हतियारले अन्दाधुन्द आक्रमण गरेका थिए । उनको आक्रमणबाट २० वर्षीय भाइ गोकर्ण र करिब ६ वर्षीय छोरा सुदर्शनको मृत्यु भएको प्रहरी हबल्दार गणेशबहादुर साउदले जानकारी दिए ।

छोराहरु १३ वर्षीय प्रकाश र १० वर्षीय दिनेश घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । घाइते छोराहरुका अनुसार आमा पानी लिन गएको बेला प्रकाशले आक्रमण गरेका थिए । भाइ र छोराहरुलाई आक्रमण गरेपछि शंकरले आफूले आफैलाई टाउकोमा हतियार प्रहार गरेका थिए । उनी पनि सामान्य घाइते छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

स्थानीयले प्रकाशको मानसिक सन्तुलन ठीक नभएको बताएका छन् । यस घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी हबल्दार साउदले जानकारी दिए । घटनास्थल सदरमुकाम सल्लेबाट करिब एक घण्टाको पैदल दुरीमा पर्दछ । साउन-३०,२०७५ 

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्