27 C
Kathmandu
Wednesday, August 4, 2021

को बन्ला नेकपाको अध्यक्ष ? पद हत्याउनका लागि नेताहरुको दौडधुप

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपाल कम्युनिष्ट पार्टी नवलपुरको अध्यक्ष पद हत्याउनका लागि जिल्ला स्तरीय नेताहरुबीचमा दौडधुप शुरु भएको छ । नयाँ समितिको अध्यक्षका लागि तत्कालिन एमालेवाट जीवन श्रेष्ठ, दिपक अधिकारी, सालिकराम भट्टराई र माओवादी केन्द्रबाट बालकृष्ण रानाभाट, मित्रशरण शर्मा र धनप्रसाद सापकोटा गरि ६ जनाको नाम सिफारिस भएको छ । अध्यक्ष पद आफुले हत्याउनका लागि सिफारिसमा परेका नेकपाका नेताहरु आफु निकटस्थ केन्द्रीय नेताकोमा दौडधुप शुरु गरेका छन् ।
त्यसैगरि सचिब पदका लागि तत्कालिन एमालेबाट नारायण तिमिल्सिना, भीम कंडेल, भीमलाल अधिकारी र यमुनाथ आचार्यको नाम सिफारिस भएको छ भने माओवादी केन्द्रका तर्फबाट सुष्मा खनाल र डासीराम बसेल (माइकल) को नाम सिफारिस भएको नेकपा स्रोतले हुलाकीलाई जानकारी दिएको छ ।
जिल्ला पार्टी एकता संयुक्त कार्यदलले आइतबार १ सय ४५ जना जिल्ला कार्यसमिति रहने टुङ्गो लगाएको छ । नयाँ जिल्ला समितिमा तत्कालिन नेकपा एमालेबाट ८३ जना र तत्कालिन नेकपा माओवादी केन्द्रबाट ६२ जना रहने गरि एक सय ४५ जनाको कार्यसमिति रहने एकता कार्यदल सम्बद्ध स्रोतले जनाएको छ । साउन मसान्त सम्ममा एकिकरण प्रकृयालाई टुङ्ग्याउने गरी अगाडी बढाएको नेकपाले जनाएको छ ।
केन्द्रमा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच पार्टी एकता भएपछि जिल्लामा पनि एकता गर्न दवाव वढेको थियो। केन्द्रले सवै जिल्लालाई एकता अगाडी बढाउन निर्देशन गरेको थियो। केन्द्रको निर्देशनपछि नेकपाले तत्कालिन एमाले र माओवादी केन्द्रका तर्फबाट ४/४ जना रहने गरि जिल्ला पार्टी एकता संयुक्त कार्यदल वनाएको थियो।
एकिकृत पार्टीको जिल्ला अध्यक्षका लागि आ–आफ्नो माउपार्टीका नेताहरुको आर्शिवादका लागि सिफारिसमा परेका नेताहरुले लविङ शुरु गरेका छन् । उनीहरुबीचमा एकीकरणका समयमा अध्यक्ष र सचिव फरक दलले पाउने सहमति भएको छ । एकिकृत पार्टीको जिल्ला अध्यक्ष आफ्नो समूहले पाउनु पर्ने दुवै पक्षले दावी गरेका छन् । माओवादीको तुलनामा आफ्नो पार्टीका धेरै संगठीत सदस्य भएका कारण एमालेको नेताले अध्यक्ष पाउने निश्चित रहेको दावी एमाले नेताले गरेका छन् ।
पार्टी एकताका लागि बनेको कार्यदलमा तत्कालिन एमालेका तर्फबाट नेकपाका केन्द्रीय सदस्य तीलक महत, केन्द्रीय सदस्य रविन्द्र अधिकारी जिल्ला अध्यक्ष रोशन बहादुर गाहा,सचिव जीवन श्रेष्ठ र माओवादी केन्द्रबाट केन्द्रीय सदस्य किशन शर्मा गैरे, जिल्ला सह इन्चार्ज बालकृष्ण रानाभाट, जिल्ला सह इन्चार्ज धनप्रसाद सापकोटा, जिल्ला संयोजक मित्रशरण शर्मा रहेका थिए, आजको हुलाकी पत्रमा समाचार छ । साउन -२८, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्