27 C
Kathmandu
Wednesday, August 4, 2021

भू माफिया र मालपोत कार्यालयको चलखेल, कावासोतीमा वडाको सिफारिसबिनै बिबादित जग्गा पास र नामसारी

- Advertisement -
- Advertisement -spot_imgspot_img

खगराज सापकोटा, नवलपुर । मालपोत कार्यालय कावासोतीमा वडा कार्यालयको सिफारिसबिनै जग्गा पास र नामसारी भएको पाइएको छ । जग्गा किनबेच गर्दा वा नामसारी गर्दा वडा कार्यालयको सिफारिस चाहिने भए पनि मालपोत कार्यालय कावासोतीले वडा कार्यालयको सिफारिसबिनै जग्गा पास गरेको पाइएको हो ।
कावासोती नगरपालिका ४ हसौराको विवादित जग्गा विक्रि भएपछि उक्त विषय खुलासा भएको हो । कावासोती ४ स्थित साविक शिवमन्दिर ९ ख, कित्ता नम्बर २७४ को २ का २ धुर जग्गा त्यहा“ बसोवास गर्दै र भोगचलन गर्दै आएका भीमबहादुर आलेलाई जानकारी नगराई जग्गाधनी प्रमाणपूर्जावाला होममाया सुनारले कावासोती ३ निवासी भरत पाण्डेलाई बिक्री गरे पछि विवाद बढेको हो ।
पाण्डेले उक्त जग्गा सुनारस“ग यहि साउन ३ गते कावासोती मालपोत कार्यालयमा रजिष्टेशन पास गरि ४ लाख रुपैयामा खरिद गरेका थिए ।

पाण्डेले खरिद गरेको उक्त जग्गा रहेको कावासोती ४ मा करिब एक सय ९० बिगाहा जमिनदारी जग्गामध्य ७० बिगाहा जग्गा त्यहा“ बसोवास गर्दै आएका सम्बन्धित सरोकारवालालाई जानकारी नगराई अर्कैको नाममा लालपुर्जा निकालेको भन्दै स्थानीयले विरोध गरेपछि उक्त जग्गा स्थानीयको सहमतिबेगर जोतभोग गर्न नपाउने सहमतिमा रोक्का गरिएको थियो । युवा संघ नेपाल, नवलपुरका संयोजक एवं केन्द्रीय सदस्य गोपीकृष्ण शर्माले विज्ञप्ति जारी गर्दै नगरपालिका भित्र वडा कार्यालयको सिफारिसबिना नै भूमाफिया, मालपोत कार्यालय र नापी कार्यालयको मिलेमतोमा यस्तो भएको पाइएको दाबी गरेका छन् ।
जिल्ला मालपोत कार्यालय कावासोतीका प्रमुख अशोक भट्टराईले आफू कार्यालय बिदामा भएको दिन उक्त जग्गा पास भएकोले त्यस विषयमा सोधखोज गरेर जग्गा फिर्ता गराउनका लागि पहल गरिएको बताए । उनले वडा कार्यालयको सिफारिसविना जग्गा नामसारी वा किनबेच नहुने भए पनि आफ्ना कर्मचारीले चिनेजानेका साथीभाइको नाताले भोली सिफारिस ल्याउछु भन्दै पास गराएको पाइएको समेत बताए । उक्त जग्गा विवादित रहेको र रोक्का रहेको थाहा नभएकोले पनि यस्तो भएको हुन सक्ने उनले भने ।
यसैविच कावासोती नगरपालिका वडा नं. ४ साविक शिवमन्दिर गा.वि.स. वडा नं. ९ मा रहेको जग्गाहरुमा पुर्जा धनी र जोतभोग कर्ता बीच विगत समय देखी असमझदारी रहदै आएकोले स्थानीयले विहीबार घेराउ गरेका छन । जोत भोग कर्ता आन्दोलन पछि दुवै पक्ष बीच सहमती भई कावासोती नगरपालिका वडा नं. ४ मा रहेका विबादित जग्गा जग्गाधनीले जोतभोग गरेको व्यक्तिलाई थाहै नदिई अर्कै व्यक्तिलाई रजिष्टे«शन पासदिएको भन्दै कावासोती नगरपालिका वडा नं. ४ साविक शिबमन्दिर गा.वि.स. वडा नं. ९ का स्थानीयले बिहीबार घेराउ गरेका हुन मालपोत कार्यालय घेराउ गरेका थिए ।
स्थानीयको ब्यापक विरोध पछि मालपोत कार्यालयले उक्त जग्गा जोतभोग गर्ने ब्यक्ति रिता आलेको नाममा नामसारी गरि जग्गाधनी लालपुर्जा निर्माण गरिदिएको कार्यालय प्रमुख भट्टराईले जानकारी दिनुभयो ।साउन-२५, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

4 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्