जाजरकोटको सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिराले घर पुर्दा ८ बालबालिका र एक महिलाको मृत्यु भएको छ ।
जारजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले दिएको जानकारी अनुसार घाइते खड्गबहादुर लुहारको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको छाती, टाउको र खुट्टामा चोट लागेका जनाइएको छ ।
मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ८ वर्षीय गोविन्द परियार, ८ वर्षीय दर्शक परियार, ११ नविन परियार, ८ वर्षीय नज्मा बोहरा, ३ वर्षीया मनिषा विक, २५ वर्षीया सितला लोहार, उनकी छोरीहरू ९ वर्षीया भगवती विक र ६ वर्षीया रञ्जना विक हुन्। ती बालबालिकालाई घरसँगै पहिरोेले पुरेको अनुमान गरिएको छ । साउन-२१, २०७५