27 C
Kathmandu
Wednesday, August 4, 2021

एकै पटकमा ३२ हजार सरकारी कर्मचारी हटाइँदै

- Advertisement -
- Advertisement -spot_imgspot_img

मन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई सरकारले हटाउन लागेको छ । सरकारले सञ्चालन गर्ने आयोजनाहरू प्रदेश तथा स्थानीय सरकारमा रूपान्तरण हुँदा र मन्त्रालय, विभाग तथा महाशाखाहरू कटौती हुँदा अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले जागिर छाड्नुपर्ने भएको हो ।

अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले ३२ हजार कर्मचारी सरकारले नाटकीय ढंगले हटाउन लागेको भन्दै आन्दोलन सुरु गरेको छ ।

केन्द्र सरकारले सञ्चालन गर्दै आएका परियोजना प्रदेश तथा स्थानीय सरकारले सञ्चालन गर्ने भएपछि त्यस्ता आयोजनामा बजेट नै छुट्याइएको छैन ।

अहिले मन्त्रालय, विभाग र महाशाखा आधाभन्दा बढी कटौती भएपछि त्यसमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीले जागिर छाड्नुपर्ने भएको हो ।

सरकारले ६५ विभागबाट आधाभन्दा धेरै कटौती गरेको छ भने मन्त्रालयका महाशाखाहरूसमेत कटौती भएपछि कर्मचारीको संख्या घटाउनुपर्ने भएको हो ।

जागिर जान लागेका कर्मचारीको विरोधका कारण सरकारले तीन महिनाको समय थप गरेर उनीहरूको व्यवस्थापनको जिम्मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मा दिएको छ ।

कर्मचारीहरूले भने पाँच दिनभित्र सरकारले आफूहरूको व्यवस्थापन गर्नुपर्ने र स्थायी गर्नुपर्ने माग राखेर अल्टिमेटम दिएका छन् । राजधानी दैनिकमा समचार छ । साउन-२०, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्