8.1 C
Kathmandu
Flowers in Chania

आरक्षणको आन्दोलन हिंसात्मक, रेलको अगाडि हाम फालेर आत्महत्या

- Advertisement -

मराठा समुदायलाई सरकारी जागिर र शिक्षामा १६ प्रतिशत आरक्षणको माग गर्दै भारतको महाराष्ट्रमा सुरु भएको आन्दोलनले हिंसात्मक रुप लिएको छ । सोमबार धेरै स्थानमा आगजनी, सडक जाम, प्रहरीमाथि आक्रमण लगायतका घटना भए । एक व्यक्तिले गुडिरहेको रेलको अगाडि हामफालेर आत्महत्या गरे ।

पुणेमा आन्दोलनकारीले एक सय भन्दा धेरै गाडीहरुमा आगजनी गरेका भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । आन्दोलनकारीले मुम्बईमा ‘जेल भरो’ आन्दोलन सुरु गर्ने चेतावनी पनि दिएका छन् । पुणेको चाकन क्षेत्र र त्यस वरपरका उस्मानावाद, सोलापुर, कोल्हापुर, नन्दुरबार र औरंगावादमा आगजनी, हिंसा र सडक जामका घटनाहरु भएका छन् । पैदल र मोटरसाइकल ¥यालीसहित सरकारविरुद्ध नाराबाजी भएको छ । धेरै क्षेत्रमा प्रहरी कार्यालय आसपास निषेधाज्ञा जारी गरिएको छ ।

औरंगावादमा प्रमोद होरे पाटिलले फेसबुकमा स्टाटस राखेर रेलको लिकमा हामफालेर आत्महत्या गरेका छन् । उनले आइतबार नै आत्महत्या गरेका थिए तर उनको शव सोमबार मुकुन्दवाडी रेलवे स्टेशनमा फेला परेको थियो । यो घटनापछि जिल्लाका केही स्थानमा बन्द आह्वान गरिएको थियो । मराठा आन्दोलनकारीले पुणेको चाकन, हिजेवाडी, खेड र पुणे–नासिक राजमार्गमा चल्ने पाँच बससहित दर्जनौं गाडीहरुमा आगजनी भएको छ । प्रदर्शनकारीले चाकन पुलिस थानालाई पनि निशाना बनाएका थिए । उक्त हिंसामा पाँच प्रहरी घाइते भएका छन् ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । चाकन र त्यस आसपासका शहर पूर्णरुपमा बन्द रहे । सबै राजनीतिक दलहरुले मराठा नेताहरुलाई शान्ति र संयमता अपनाउन आह्वान गरेका थिए । यसबीच सत्तारुढ शिवसेना, विपक्षी कांग्रेस र राष्ट्रवादी कांग्रेसले हिंसा रोक्न तथा मराठा आन्दोलनको समाधान खोज्न आग्रह गर्दै महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणविसलाई पत्र लेखेका छन् । एजेन्सी, साउन-१५, २०७५

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्