8.1 C
Kathmandu
Flowers in Chania

पाठेघरको ऐजेरु(फाईबराईड): क्यान्सरको कारण बन्नसक्छ ?

- Advertisement -

प्राय हामी महिला र पुरुष बराबर भन्छौं । तर, शारीरिक जटिलता र संवेदनसिलताको हिसाबले महिलाहरुले बढी भार उठाइरहेका हुन्छन् । पुरुषको तुलनामा महिलाहरुको स्वास्थ्य बढी संवेदनसिल हुन्छन् । हाम्रा दिदीबहिनी, आमा, पत्नीहरुलाई अनेक समस्यासँग जुध्नुपर्ने वाध्यता हुन्छ ।  महिलालाई स्तन क्यान्सरको जोखिम बढी हुन्छ, पाठेघर क्यान्सरको जोखिम हुन्छ, मुत्र संक्रमण वा यौनजन्य रोगको खतरा बढी हुन्छ । र, यी सबैमा हामी पुरुष कारकको रुपमा हुन्छौं । भन्नुको अर्थ के हो भने, उनीहरु जे-जति रोगको जोखिममा पर्छन्, त्यो हाम्रो कारणले पनि हुनसक्छ । त्यसैले महिलाहरुको स्वास्थ्य संवेदनसिलतालाई हामीले बुझ्नुपर्छ ।

पाठेघरमा ऐजेरु

रिमा ३५ बषिर्या गृहणी हुन् । बिगत ३ बर्ष देखि उनको महिनावारीमा अत्याधिक रक्तश्राव हुने गरेको समस्याले पिडित छिन् । उनको परिक्षण गर्दा पाठेघरमा फाईबराईड रहेछ । रिमा जस्तै धेरै महिलाहरुमा यस्तो समस्या हुने गरेको पाईन्छ ।

फाईबराईड भन्ने बित्तिकै डराउनु पर्दैन । यो पाठेघरमा हुने एक किसिमको ट्युमर हो, तर क्यान्सर होईन । यो मुख्यतया मांशपेशी तथा फाईबर तन्तुले बनेको कारणले यसलाई फाईबराईड भनिएको हो । यसलाई मायोमा वा लियोमायोमा पनि भनिन्छ । समान्य भाषामा यसलाई अैजेरु पनि भन्ने चलन छ ।

कस्ता महिला जोखिममा ?

महिलाहरुमा हुने समस्याहरु मध्ये यो पनि एक प्रमुख समस्या भन्दा फरक नपर्ला । नेपालमा मात्र होईन संसारका जुनसुकै मुलुकका महिलाहरुमा यो समस्या देखिन सक्छ । सन् २०१६ का तथ्याङ अनुसार विश्वका २१ दशमलव ४ प्रतिसत महिलाहरुमा फाईवराईड समस्या रहेको छ ।
समान्यतया उमेर बढ्दै गए पछि फाईबराईड हुने सम्भावना पनि बढ्दै जान्छ र ४० बर्ष पार गरेका ४० प्रतिसत सम्म महिलाहरुको पाठेघरमा फाईबराईड हुने गरेकोे तथ्याङ्कहरुले देखाएका छन् । अधिकाशं साना साना फाईबराईड भएका महिलाहरुमा कुनै लक्षण वा असरहरु नदेखिने गरेको पाईन्छ । यस्ता महिलाहरु अरु नै समस्याका कारण अल्ट्रासाउण्ड -भिडियो एक्सरे) गर्दा फाईबराइड देखिने गरेको पाईन्छ ।

के हुन्छ असर ?

डाक्टर बाल कृष्ण शाहका अनुसार फाईबराईड ठुलो भएमा वा सानो नै रहेमा पनि यसले गर्ने प्रमुख समस्या महिनावारीको गडवडी नै हो । महिनावारीमा अत्याधिक रक्तश्राव हुने, लामो समय रक्तश्राव हुने, थोरै थोरै दिनको अन्तरालमा रक्तश्राव हुने, महिनावारीमा धेरै दुखाई हुने जस्ता समस्या धेरैमा हुन सक्छ ।

फाईबराईड ठुलो भएमा पेट ठुलो हुने तथा अन्य अङ्ग जस्तै आन्द्रा, पिसाबनली आदिलाई थिचेर थप समस्या गर्न सक्छ ।

यस्तो अवस्थामा तल्लो पेट दुख्ने, कम्मर दुख्ने, पिसाबको संक्रमण गर्न सक्छ । नेपाल मेडिकल कलेज काठमाण्डौमा सन् २००१ देखि २००६ सम्म गरेको एक अध्ययनले अस्पतालमा आएका फाईबराईडका रोगीहरुको औषत उमेर ४३ दशमलव ३ बर्ष रहेको पाईयो ।

सोहि अध्ययनका अनुसार ७३ प्रतिसतमा महिनावारीमा अत्याधिक रक्तश्राव हुने देखिएको थियो । त्यस्तै ७ दशमलव ३ प्रतिसत फाईबराईडका महिलाहरुमा निःसन्तानको समस्या रहेको पनि सो अध्ययनले देखाएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

4 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्