8.1 C
Kathmandu
Flowers in Chania

सुनसरीमा खसी तस्कर र प्रहरीबीच झडप, स्थितिलार्इ नियन्त्रणमा लिन हवार्इ फायर

- Advertisement -

सुनसरीको सीमावर्ती क्षेत्र घुस्कीमा प्रहरी र स्थानीयबीच झडप भएको छ । भारतबाट तस्करी गरेर ल्याइँदै गरेको खसीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।

सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता बाबुराम पाण्डेले दिएको जानकारी अनुसार स्थितिलाई नियन्त्रणमा लिन दर्जनौं सेल अश्रुग्यास हानिएको थियो । तर, अवस्था नियन्त्रणमा नआएपछि हवाइफायर समेत भएको थियो ।

‘अहिले त्यहाँ जिल्लाबाट थप प्रहरीको टोली समेत पुगेको जानकारी आएको छ’, उनले भने, ‘केही घाइते भएको समेत बताइएको छ ।  प्रारम्भिक सूचना अनुसार खसीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ढुंगा प्रहार भएको थियो । २०७५ साउन-१०

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्