19.1 C
Kathmandu
Sunday, November 28, 2021
Your Ad Here  9857041698

सुरु भयो साउने रौनक, सारियो र पहेलो बस्त्रमा रंगिदै धर्मावलम्भी, आज लुतो फाल्ने दिन

- Advertisement -
- Advertisement -spot_imgspot_img

साउनको महिना शुरु भएसंगै नेपालीहरुको परम्परागत चाडपर्वहरु शुरु हुने गर्दछन् । साउन महिनालाई शिव भगवानको प्रिय महिनाको रुपमा पनि मानिन्छ । यस महिनामा भगवान शिबजीको विशेष पुजा आराधाना गरिने भएकाले पनि पवित्र मान्ने गरिएको हो । साउनमा महिलाहरु शिवको पुजा आराधनाका लागि हरियो , पहेलो चुरा, मेहेन्दी, पहेलो गेरु रंगको वस्त्र लगाउने, चोखो खाने र हरेक सोमबार शिव भगवानको पुजा अर्चना गर्ने गर्दछन । हिन्दू परम्परा अनुसार महिलाहरुले हातमा हरियो चुरा, गलामा हरियो पहेलो पोते र गेरु बस्त्र लगाएर शिव भगवानलाई मनपर्ने बेलको फल तथा पात चढाएर शिवको पुजा आराधना संगै आफनो पति तथा परिवारको दीर्घायु र स्वास्थ्यको कामना गर्दै व्रत वस्ने गर्दछन । भने अविवाहित युवतीहरुले सुयोग्य वर प्राप्त हुने विश्वाशमा व्रत बस्ने र शिवको पुजा आराधना गरेको पनि देखिन्छ । पुरुषहरुले पनि यो महिनामा मदिरा जन्य पदार्थ र माछा, मासुको आहार नगर्ने तथा पहेलो पहिरनमा बोलबम यात्रा गर्ने गर्दछन । महिलाहरु पनि बोलबमको यात्राका लागि पुरुषले जस्तै पहेलो बस्त्र लगाएर सगसगै हिड्ने गर्दछन् । साउन र बोलबमको धार्मिक परम्परा जोडिएकाले पनि साउन महिनाको छुट्टै महत्व रहेको छ । हिन्दु धर्मावलम्बी पुरुष तथा महिलाहरु यी र यस्तै धार्मिक आस्थामा रमाउने भएकाले यसको धार्मिक श्रृगारको महत्व बढेको हो । महिलाहरुले हरियो, पहेलो, रातो रंगको चुरा, पोतेका अलावा हातमा मेहेन्दी लगाएर सजिने प्रचलन समेत बढ्दो देखिन्छ । यसले गर्दा वजारमा मेहन्दीको व्यापार पनि फष्टाएको व्यवसायीहरु बताउछन । बजारमा यतिबेला श्रंगारका पसलहरुमा भीडभाड देख्न सकिन्छ । साउन महिनामा बढि बर्षाका कारण किटाणुको संक्रमण हुने हुदा साउनको पहिलो दिन ल्तो फाल्ने चलन पनि छ । यो समयमा रोग लाग्ने सम्भावना वढि भएकाले माछा, मासु, लसुन तथा बढि उत्तेजक परिकार खानुहुदैन प्रचलन पनि भेटीन्छ । साउन-१, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

4 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!