19.1 C
Kathmandu
Sunday, November 28, 2021
Your Ad Here  9857041698

वर्षाका कारण एक हप्तामा ५० को मृत्यु, ९ बेपत्ता

- Advertisement -
- Advertisement -spot_imgspot_img

वर्षाले पछिल्लो एक हप्तामा देशभर ५० जनाको मृत्यु भएको छ । वर्षापछि तराईको बाढी र पहाडको पहिरोले उनीहरुको मृत्यु भएको हो । असार १८ देखि देशका विभिन्न स्थानहरुमा परेको अविरल वर्षाका कारण ५० जनाको ज्यान गएकाे  मन्त्रालयले बताए पनि कुन जिल्लामा कतिको ज्यान गयो भन्ने खुलाएको छैन ।

९ जना अझै बेपत्ता छन् । बाढीमा बगाएर तथा पहिरोमा पुरिएर उनीहरु बेपत्ता भएका हुन् । गृहले उनीहरुको खोजी भइरहेको जनाएकाे छ । तराईमा बाढी पछिको डुबान र पहाडमा गएको पहिरोले २२ जना व्यक्तिहरु घाइते भएका छन् । उनीहरुको देशभरका विभिन्न अस्पतालमा उपचार भइरहेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले जानकारी दिए ।

बाढी, पहिरो, डुबान र चट्याङबाट प्रभावितहरुको खोज, उद्धार तथा राहत वितरणका लागि सुरक्षाकर्मी, स्थानीय प्रशासन परिचालन गरिएको गृहले जनाएको छ । बाढी तथा पहिरोले पुर्‍याएका अवरोध हटाएर वैकल्पिक उपाय अवलम्बन गरिएको गृहको भनाइ छ । गृहका प्रवक्ता सुवेदीका अनुसार बाढी र पहिरोको सम्भावित क्षतिलाई रोक्न सुरक्षा एकाइ र स्थानीय प्रशासनलाई तयारी अवस्थामा राखिएको छ । असार-२७,२०७५ 

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!