27 C
Kathmandu
Saturday, May 8, 2021

१२ वर्षपछि फ्रान्स फाइनलमा, वेल्जियम १-० अन्तरले पराजित

- Advertisement -
- Advertisement -spot_imgspot_img

वेल्जियमलाई १- ० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । फ्रान्सलाई जिताउन एकमात्र गोल खेलको ५१ औं मिनेटमा स्यामुअल उमटीटीले गरे ।

चालु विश्वकपमा एक खेल पनि नहारेको वेल्जियम सेमिफाइनलमा फ्रान्ससँग पराजित हुन पुग्यो । वेल्जियमले गोलका केही सुन्दर अवसरहरु पनि सिर्जना गरेको थियो । तर गोल गर्न असफल हुँदा पहिलो पटक फाइनल प्रवेश गर्ने अवसरबाट वञ्चित भयो ।

बलमाथि वेल्जियमको नियन्त्रण बढी भए पनि गोल गर्द खेल जित्न फ्रान्स सफल भयो । यसअघि सन् २००६ मा फाइनल खेलेको फ्रान्स १२ वर्षपछि फाइनल पुगेको हो । उसले सन् १९९८ सालमा विश्वकप जितेको थियो । सन् २००६ को फाइनलमा भने इटलीसँग पराजित भएको थियो ।

अब उसले उपाधिका लागि इंग्ल्याण्ड र क्रोएसियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । असार-२७, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

3 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्