27 C
Kathmandu
Saturday, May 8, 2021

प्रदेश विश्वविद्यालय तनहुँमा खोल्न उपयुक्त, ७० करोड लगानी

- Advertisement -
- Advertisement -spot_imgspot_img

पोखरा । सरकारी कार्यदलले तनहुँको बेलचौतारामा प्रादेशिक विश्वविद्यालय खोल्न उपयुक्त रहेको निष्कर्ष निकालेको छ । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रममै खुल्ला विश्वविद्यालय खोल्ने उल्लेख छ भने प्रदेशस्तरीय विश्वविद्यालय खोल्न विस्तृत सम्भाव्यत्ता अध्ययन गर्न सरकारले १ करोड बजेट छुट्याइएको छ ।

विश्वविद्यालयबारे प्रारम्भिक अध्ययन गर्न प्रा. डा. गणेशमान गुरुङको संयोजकत्वमा कार्यदल नै बनाएको थियो । प्रदेशका एघारै जिल्ला पुगेर तयार पारेको प्रतिवेदन सामाजिक विकास मन्त्रालयलाई बुझाएको छ ।

प्रतिवेदनमा तनहुँको बेलचौतारास्थित भानुभक्त क्याम्पसलाई प्रदेश सरकारले खोल्ने विश्वविद्यालय बनाउन सकिने उल्लेख छ । प्रशस्त जग्गा, एघारै जिल्लाको मध्यभाग, पृथ्वीराजमार्गको छेऊमै रहेको र क्याम्पस पनि ईच्छुक रहेकाले भानुभक्त क्याम्पस नै उचित रहेको संयोजक गुरुङले बताए ।

भानुभक्त क्याम्पसको ४ सय रोपनीभन्दा बढी जग्गा छ । थप जग्गा आवश्यक परे व्यवस्था हुन सक्ने देखिएको संयोजक गुरुङले बताए । ‘आंगिक क्याम्पस भएकाले हुने झन्झटबाट मुक्त हुनका लागि विश्वविद्यालय बनाउन क्याम्पस र स्थानीयबाट पनि सुझाव आएको छ’ प्रा. डा. गुरुङले भने, ‘हामीले अन्य क्याम्पस पनि सिफारिस गरेका छौं तर उपयुक्त भानुभक्त देखियो ।’

कार्यदलले बुझाएका प्रतिवेदनमा पोखरा विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस, पृथ्वीनारायण क्याम्पस पनि छन् । अन्य क्याम्पसमा सम्पत्ति स्वामित्व हस्तान्तरण र व्यवस्थित गर्न पनि समस्या रहेकाले पहिलो प्राथमिकतामा भानुभक्त परेको हो ।

पोखरा विश्वविद्यालयलाई प्रदेश विश्वविद्यालय बनाउनुभन्दा छुट्टै विश्वविद्यालय खोल्न सुझाव दिइएको छ । पोखरा विश्वविद्यालयलाई प्रदेश सरकारको विश्व्विद्यालय बनाउँदा झन्झट पनि हुने गुरुङले बताए ।

इन्जिनियरिङ अध्ययन संस्थानमा जग्गा, प्रयोगशाला, भौतिक पूर्वाधार सबै हिसाबले उपयुक्त रहे पनि स्वामित्व विवाद आउन सक्ने कार्यदलको ठहर छ । सबै कुरालाई पोखरामै खुम्च्याउनुभन्दा बाहिर पनि लैजानु पर्ने र जग्गा, पूर्वाधार, यातायात सबैको पहुँच पनि भएकाले बेलचौताराको भानुभक्त क्याम्पस प्रदेशले खोल्ने विश्वविद्यालय बन्न सक्ने सुझाव कार्यदलको छ ।

कार्यदलले प्रदेश विश्वविद्यालय स्थापनाबारे ११ जिल्लाका ८ ठाउँमा छलफल चलाएको थियो । छलफलमा ४ सयभन्दा बढी व्यक्तिले सहभागिता जनाएका थिए । विदेशी प्राज्ञहरुसँग समेत छलफल गरिएको कार्यदल सदस्य तथा पूर्व क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइरालाले जानकारी दिए ।असार-२५, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्