19.1 C
Kathmandu
Sunday, November 28, 2021
Your Ad Here  9857041698

बाढीले नवलपरासी पश्चिममा १०० बढी घर डुबानमा, पुर्बी नवलपरासी तर्फ जोखिमको सम्भावना

- Advertisement -
- Advertisement -spot_imgspot_img

गएरातिदेखि परेको भारी बर्षाका कारण नवलपरासीको बर्दघाट नगरपालिकाका ७० घर परिवार विस्थापित भएका छन् ।बर्दघाट नगरपालिका ३ लगुनाहाको विसई टोलमा बाढीको कारण घरभित्रको अन्नपात, खाद्यान्न, लत्ताकपडा, हास, कुखुरासमेत बगाएको बडा नं. ३ का वडाअध्यक्ष रुद्रप्रसाद न्यौपानेले जानकारी दिए ।

वडा नं. ६ मा विद्युतटोल, शिवालय टोल र बेताहानी गाउँ डुवानमा परेको छ । जसमा २५ घरपरिवार विस्थापित भएको वडाअध्यक्ष रोहित थारुले जानकारी दिए । त्यसैगरी वडा नं. ४, १०, र १३ मा समेत डुवान भएको छ ।डुवानमा परेकाहरुलाई इलाका प्रहरी कार्यालय बर्दघाटको टोली र सशस्त्र प्रहरी बल वेसक्याम्प सेमरीको टोलीले उद्दार गरी अग्लो ठाउँमा रहेको महिला समूहको भवनमा राखिएको छ । बाढीको कारण के कत्ति क्षति भयो भन्ने यकिन तथ्यांक आइनसकेकोे इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

बर्षाको कारणले सरावल गाउँपालिकाको भुजहवा, रामपूर खडौना, मझौलिया, र बडसारी क्षेत्रमा बाढी पसेको छ । सुस्ता गाउँपालिकामा १ बरुवाबजार र आसपासको क्षेत्रमा बाढी पसेको छ । क्षतिको विवरण आउन बाँकी रहेको गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले बताए ।

बर्दघाट वडा नं. ६ मा विद्युतटोल, शिवालय टोल र बेताहानी गाउँ डुवानमा परेको छ । जसमा २५ घरपरिवार विस्थापित भएको वडाअध्यक्ष रोहित थारुले जानकारी दिए । त्यसैगरी वडा नं. ४, १०, र १३ मा समेत डुवान भएको छ ।डुवानमा परेकाहरुलाई इलाका प्रहरी कार्यालय बर्दघाटको टोली र सशस्त्र प्रहरी बल वेसक्याम्प सेमरीको टोलीले उद्दार गरी अग्लो ठाउँमा रहेको महिला समूहको भवनमा राखिएको छ । बाढीको कारण के कत्ति क्षति भयो भन्ने यकिन तथ्यांक आइनसकेकोे इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

बर्षाको कारणले सरावल गाउँपालिकाको भुजहवा, रामपूर खडौना, मझौलिया, र बडसारी क्षेत्रमा बाढी पसेको छ । सुस्ता गाउँपालिकामा १ बरुवाबजार र आसपासको क्षेत्रमा बाढी पसेको छ । क्षतिको विवरण आउन बाँकी रहेको गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले बताए ।

पूर्वी नवलपरासीको रहजरको बोटे टोलमा डुबानमा परेको छ । रहजर प्रहरीले उक्त क्षेत्रमा उद्दार गरेपछि अहिले स्थिति सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक सुवेदीले बताएका छन्

पश्चिम नवलपरासीको  प्रतापपुर गाउँपालिका ३ मा धनेवा खोलाको बाँध फुटेर बाढी बस्तीमा पस्दा एक सय भन्दा बढी घर डुवानमा परेका छन् ।वर्षाका कारण धनेवा खोलामा पानीको सतह बढेर विहान १० बजे तिरको समयमा उत्तर पश्चिमको बाँध फुटेपछि अमहवा, नन्दपुर, धनेवा, बरगदवा लगायतका क्षेत्र डुवानमा परेको प्रतापपुर ३ का वडा अध्यक्ष दिवाकर चौधरीले जानकारी दिए ।

पहाडी मार्ग अवरुद्ध

वर्षाका कारण नवलपरासीका पहाडी मार्गहरु अवरुद्ध भएका छन् । पूर्वी नवलपरासीको कावासोती, दलदले, अरुणखोला, चोरमाराबाट पहाड जाने कृषिमार्गहरु अवरुद्ध भएका हुन् ।
नवलपुर प्रहरीका अनुसार बुलिङटार जाने पहाडी मार्ग ठाउँठाउँमा साना तथा ठूला पहिरोले अवरुद्ध भएका छन् ।

 

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!