24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

नवलपुरमा बाढीको जोखिम बढ्यो, सतर्क रहन आग्रह

- Advertisement -Flowers in Chania

कमला राना – कावासोती नवलपरासी (ब.सु.पु.) नवलपुरमा समेत गएराति देखि निरन्तर बर्षा भैरहेको छ । बर्षाका कारण नवलपुर क्षेत्रका विभिन्न भाग जलमग्न भएका छन । अविरल वर्षाका कारण देवचुली नगरपालिकाको केही भाग जलमग्न भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

यसैगरी नदीनालामा आउन सक्ने बाढिका कारण हुन सक्ने जनधनको क्षतिलाइ मध्यनजर गर्दै सतर्क रहन जिल्ला प्रशासन कार्यालय नवलपुरले आग्रह गरेको छ । नवलपुर क्षेत्रमा रहेका विभिन्न विपद व्यवस्थापन समीतिहरुले सुचना संकलन कार्य जारी राखेको पनि उहाले बताउनुभयो ।

अहीले सम्म नवलपुर क्षेत्रको खोलानालाको सतह खतराको लेवल भन्दा कम रहेको सुचना प्राप्त भएको पौडेलले बताउनुभयो । वर्षायामको समय भएको कारणले गर्दा हुनसक्ने सम्भावित क्षतिलाइ मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयको समन्वयमा उद्धार कार्य तयारी अवस्थामा राखिएको उहाले बताउनुभयो ।

विशेष गरी नारायणी नदी आसपास बसोबास गर्ने बासीन्दा तथा पहाडी क्षेत्रमा बसोबास गर्ने बासीन्दालाइ सतर्क रहन जिल्ला प्रशासन कार्यालयका सहायक जिल्ला प्रमुख अधिकारी श्रीनाथ पौडेलले आग्रह गर्नुभएको छ । रातको समयमा स्थानिय जनतालाइ सुरक्षीत स्थानमा रहन पनि उहाले आग्रह गर्नुभएको छ ।

कुनै विपद आइपर्ने सम्भावना रहेमा नजिकको प्रहरी कार्यालय अथाव विपद व्यवस्थापन समीतिलाइ तुरुन्त खबर गर्न समेत सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले स्थानियलाइ आग्रह गर्नुभएको छ ।

नवलपुर क्षेत्रको पहाडि क्षेत्रमा पहीरो तथा तल्लो तटिय क्षेत्रमा नारायणी नदि, अरुणखोला, विनयी खोला, केरुगे खोला आसपास बसोबास गर्ने बासिन्दा बढि जोखिममा रहेका छन ।

यसैविच नदी तथा तटीय क्षेत्र र अन्य क्षेत्रहरुमा समेत उच्च सर्तकता अपनाउनुहुन र बहाब बृद्धि हुने क्रम जारी रहदा आफुलाइ सुरक्षित रुपमा रहने अग्लो स्थानको पहिचान तथा अन्य सुरक्षा ब्यावस्था मिलाइ समयमै सुरक्षा सर्तकता अपनाउन जिल्ला प्रसाशन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले सबैमा अनुरोध गरेको छ । (फोटो : फाइल ) असार-१८, २०७५

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

3 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्