27 C
Kathmandu
Saturday, May 8, 2021

खोपमा सरकारी लापरबाही, मृत्यु भएका बालबालिकालाई क्षतिपूर्ति दिन सर्वोच्चको आदेश

- Advertisement -
- Advertisement -spot_imgspot_img

सर्वोच्च अदालतले ६ वर्षअघि दादुरा विरुद्धको खोप लगाएपछि मृत्यु भएका डोटीका चार बालबालिकाको परिवारलाई क्षतिपूर्ति दिन सरकारका नाममा परमादेश जारी गरेको छ ।

गोरखापत्र दैनिकका अनुसार राज्यका अधिकारीहरुको गैरजिम्मेवार कार्यले निर्दोष बालबालिकाको ज्यान गएको भन्दै अदालतले प्रतिपरिवार १० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ । ०६९ भदौ ३ गते डोटीको काठमाडौं गाविसमा दादुरा खोप लगाइएका ६ जनामध्ये चार बालबालिका मिलन नेपाली, सुजाता नेपाली, गौरी चिराल र अञ्जु विकको मृत्यु भएको थियो ।

सावधानीपूर्वक खोप नलगाइएका कारण बालबालिकाको मृत्यु भएकोलाई जिल्ला जनस्वास्थ्य कार्यालयले समेत स्वीकार गरेको भन्दै अदालतले क्षतिपूर्ति भराउन आदेश दिएको हो । क्षतिपूर्तिको माग गर्दै अधिवक्ता दलबहादुर धामीसहितले सर्वोच्चमा रिट दर्ता गराएका थिए । असार-१८,२०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्