8.1 C
Kathmandu
Flowers in Chania

रोकिएन बलात्कारका घटना, ६ महिनामा १६ जना बलात्कृत

- Advertisement -

पछिल्ला दिनमा बलात्कारका घटनाहरु बढ्दै गएको पाईएको छ ।  ६ महिनामा मात्रै चितवन जिल्लामा १६ वटा बलात्कारका घटनाहरु भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले आज (शुक्रबार) भरतपुरमा पत्रकार सम्मेलन गरी पछिल्लो ६ महिनामा विवरण सार्वजनिक गर्दै सबैभन्दा बढि बलात्कार घटनाहरु भएको जनाएको छ ।

इन्सेक चितवनको २०७४ पुस १७ देखी २०७५ जेठ १७ को तथ्यांक अनुसार १६ वटा बलात्कारका घटना र ५ वटा बलात्कारको प्रयास भएको उल्लेख छ । बलात्कारको शिकार हुनेमा सबैभन्दा धेरै बढि बालिका रहेका छन् । १६ जना बलात्कृत मध्येमा १३ जना बालिका मात्रै रहेको इन्सेक चितवनका प्रतिनिधि दीपेन्द्र अधिकारीले जानकारी दिए । ३ जना महिला भने २० वर्ष भन्दा माथि उमेर समूहका रहेका छन् । यस्तै एक बालक र एक बालिकामाथि पनि यौन दुव्र्यवहारको घटना भएको इन्सेकले जनाएको छ ।

नेपाली समाजमा बलात्कार घटनाहरु धेरैजसो स्थानीय स्तरमै मिल्ने गरेका छन् । तर पछिल्लो समय कानुनी उपचार खोज्ने क्रम पनि बढेको छ । यस ६ महिनाको अवधिमा बलात्कारको घटनामा संलग्न दुई जनाले कैद सजाय भोगी रहेका छन् । १५ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको कसुरमा कालिका नगरपालिका–३ का ५१ वर्षीय कृष्णलाल शर्मा ५ वर्षको कैद साजय सुनाईएको थियो । शर्माविरुद्ध गत चैत २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय रत्ननगरमा उजुरी दिएपछि कानुनी प्रक्रिया अघि बढेको थियो ।

यसैगरी गत फागुनमा ९ र ७ वर्षीया बालिकालाई बलात्कार गेको कसुरमा भरतपुर महानगरपालिका–१४, राधापुरका ७१ वर्षीय कुलप्रसाद पाडेललाई चितवन जिल्ला अदालतले १० वर्षको कैद फैसला सुनाएको थियो ।

चितवनमा पछिल्लो समय हत्या हिंसाका घटनाहरु भने धेरै कम भएका छन् । पुस महिना यता जिल्लामा ३ जना पुरुषको हत्या भएको छ । एक समय दिनहुँजसो हुने यस्ता घटनाक्रमहरु पछिल्लो समय कम हुँदै गईरहेको छ । असार-१६, २०७५

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्