आज असार १५ अर्थाता धान दिवस । नवलपुर लगाएत देशका विभिन्न स्थानमा धान दिवस धान रोपाइँ गरी मनाइँदैछ । संयुक्त राष्ट्रसघंले सन् १९६६ लाई भोकमरीबाट मुक्त भन्ने नारासहित धानबालीलाई वर्ष बालीको रूपमा मनाउने घोषणा गरेको थियो । नेपाल सरकारले विसं २०६२ देखि असार १५ लाई धान दिवसकारूपमा मनाउँदै आएको छ ।
बषैपिच्छे कृषिमा परनिर्भरता बढ्दैगएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउने प्रचलन चलेको हो । धानबालीका लागि योग्य कूल करिब १४ लाख २५ हजार हेक्टर जमीन रहेको छ ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन वृद्धि हुँदा कूल गार्हस्थ्य उत्पादनमा टेवा पुग्छ । घट्दा आर्थिक स्थिति घट्छ । नेपालमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ । पहिला धान चामल निर्यात गरिन्थ्यो । हाल प्रतिवर्ष १० लाख मेट्रिक टन चामल आयात गरिन्छ ।
नेपालमा धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार केजी हुने गरेको छ । सन् १९६६ देखि २००९ सम्म अन्तर्रा्ष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरी)का धानका जातहरू सदुपयोग गरी विश्वका ७८ देशमा ८६४ प्रकारका धानका जात सिफारिस भएका छन् । नेपालमा सिफारिस भएका ८६ जातमध्ये सातथरीका मात्र रैथाने धानको खेती हुने गरेको छ । नेपालको ७२ जिल्लाबाट सङ्कलन गरिएका करिब दुई हजार ९६३ प्रकारका रैथाने जातका बीउ फिलिपिनस्थित इरी, जापान र इटली, रोम, नर्वेको स्भालबार्डको जीनबैंकमा राखिएका छन् । संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौरमा पर्दछ । २५ डिग्री तापक्रमदेखि ३२ डिग्री तापक्रमभित्र रही धानखेती गर्न सकिन्छ । नेपालमा सबैभन्दा धेरै धान उत्पादन झापा र सबैभन्दा कम मुस्ताङ जिल्लामा हुन्छ ।
नवलपुरमा २५ प्रतिसत मात्र रोपाई
नवलपरासी धान उत्पादनमा अग्रणी जिल्लाकोरुपमा चिनिन्छ तर , असारको दोसा्रे हप्ता बितिसक्दा समेत २५ प्रतिसत पनि रोपाई भएको छैन् । ग्रामीण भेगमा कृषि कार्यका लागि प्रयाप्र्त जनशक्ति नहुनु , कृषि पेशा छाडेर बजारमा गएर परिवारका सदस्य बस्नाले पहिले भन्दा रोपाई गर्नेको संख्या वर्षेनी घट्दो छ । तराई भेगमा आधुनिक कृषि औजार आएको भएपनि प्लटीङ्गको कारण खेती योग्य जमीन समेत बांझै राख्ने गरेको पाईन्छ । खेती गरेपछि घडेरीकारुपमा जग्गा नबिक्ने डर र मुल्य समेत घट्ने भएपछि बाझै राखेर ग्राहक कुर्ने गर्दछन् ।
एकातिर प्लटीङ्ग र जनशक्तिको कारण धान खेती घट््दै छ भने अर्को तर्फ समयमा पानी नपर्नाले समेत अधिकासं खेतीयोग्य जमीन बाझै राख्नुपर्ने बाध्यता छ । नवलपरासीमा ४६ हजार पाचं सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जिल्लामा मनसुली , सावित्री , अनदी , झिनुवा लगाएत हाईब्रिड जातका धान बढी लगाईन्छ । खेती बढाउनका लागि हिउंदे धान लगाउने किसानलाई अनुदानको व्यवस्था गरेपनि प्रकृया झन्झटीलो हुदा किसानले लाभ लिन सकेका छैनन् ।