8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

कावासोती नगरपालिकाको बजेट ७२ करोड ५७ लाख, पहुंचका आधारमा बजेट विनियोजन

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपुरको कावासोती नगरपालिकाको तेस्रो नगर सभाले आगामि आर्थिक वर्ष २०७५/७६ का लागि ७२ करोड ५७ लाख २७ हजार ८ सय ८५ रुपैंयाको बजेटसहित ६९ बुँदे निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । तेस्रो नगर सभा कार्यक्रममा नगर प्रमुख चन्द्रा कुमारी पुनले निति तथा कार्यक्रमम र उप्रमुख प्रेम शंकर मर्दनियाले बजेट सार्वजनिक गर्नुभएको हो । नगर उपप्रमुख मर्दनियाले कर तर्फ २ करोड ६० लाख ६० हजार, अनुदान तर्फ ५१ करोड २३ लाख १६ हजार र अन्य राजश्व र राजश्व बाँडफाड तर्फ १८ करोड ६८ लाख ५१ हजार ८ सय ८५ र गत आर्थिक वर्षको मौज्दात ५ लाख गरि ७२ करोड ५७ लाख २७ हजार ८ सय ८५ रुपैंयाको बजेट सर्वसम्मतिले पारित भएको छ ।

उपप्रमुख मर्दनियाले प्रस्तुत गरेको बजेटमा नगरभित्रका पुर्वाधार विकास, पर्यटन, उद्योग, कृषी र पशुपालनको व्यवसायिकरण, स्वास्थ्य शिक्षा र खेलकुद, फोहोर मैला व्यबस्थापन, नारायणी नदि, केरुङ्गे खोलालगायतका नदिहरुमा तटबन्धन र व्यबस्थापन, भ्यु टावर निर्माण लगायतका क्षेत्रहरुलाई उच्च प्राथमिकता दिईएको छ । नगरपालिकाले क्षेत्रगत कार्यक्रम अन्तर्गत आर्थिक विकास तर्फ कृषिको व्यवसायिकरणका लागि २७ लाख, कृषि हाटबजार व्यबस्थापनका लागि, ४५ लाख, कावासोती अन्तर्गतका पर्यटन सम्बन्धि सुचना संकलन एंव प्रवद्र्वन गर्न नगर पर्यटन सुचना केन्द्र स्थापनाका लागि २० लाख, पर्यटकिय हिसावले महत्वपुर्ण मानिएका पोखरी ताल र टरुवा ताल संरक्षण एंव व्यबस्थापनका लागि ३५÷३५ लाख, कावासोती १ मा भ्यु टावर निर्माणका लागि ४० लाख, उज्याले कावासोती अभियान अन्तर्गत फलफुल चोकदेखि कावासोती बजार र डण्डा बजार तथा पर्यटकिय गुडार, बाघखोल क्षेत्रमा सडक सौर्य बत्ति जडानका लागि २० लाख बजेट विनियोजन गरिएको उपप्रमुख मर्दनियाले बताउनुभयो ।

पुर्वाधार विकास अन्तर्गत सघन शहरी विकास कार्यक्रमसंगको समन्वयमा सुरु गरिएको चक्रपथ निर्माण कार्य ४ वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्यसहित वडा नंवर १ को हाइवेदेखि उत्तर तर्फ वडा नंवर ३, ११ र १७ गरि चार ठाँउबाट काम थालनि गर्ने गरि ३ करोड ६० लाख रकम विनियोजन गरिएको उहाले बताउनुभयो । त्यसैगरी कावासोती नगरपालिकाको प्रमुख चुनौतीको रुपमा खडा भएको फोहोर मैला व्यबस्थापनका लागि ६० लाख विनियोजन गरिएको छ । उपप्रमुख मर्दनियाले प्रस्तुत गरेको बजेटमा मुसहर समुदायका विद्यार्थीहरुलाइर्ए उच्च शिक्षामा प्रोत्साहित गर्ने उद्देश्यले एसईई पास गरेपछि कक्षा १२ सम्म निशुल्क अध्ययनको व्यबस्था मिलाईने उल्लेख गरिएको छ ।

निति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख पुनले आर्थिक, सामाजिक, भौतिक तथा मानविय लगायतका क्षेत्रहरुमा दिगो विकासको रणनितिलाई अवलम्वन गर्दै समृद्व कावासोती निर्माण गर्ने दिशामा अगाडी बढिरहेको दावी गर्नुभयो । नगर प्रमुख पुनले पुर्वाधारका योजनामा लगानि बढाएर नगर गौरवका आयोजनाहरु कार्वान्वयनमा ल्याईने बताउनुभयो । उहाले कृषी र पर्यटनको क्षेत्रलाई प्राथमिकता दिदै वडा नंवर १५ र गोछडा तथा अमलटारी क्षेत्रलाई पर्यटकिय क्षेत्र घोषणा गरि आर्थिक विकास र जिवन रुपान्तरणका लागि उपयोग गर्ने बताउनुभयो ।

प्रस्तुत निति तथा कार्यक्रम र बजेट माथि टिप्पणी गर्दै जनप्रतिनिधिहरुले अघिल्लो वर्षको भन्दा यस वर्षका कार्यक्रम सन्तोषजनक रहेको बताएका छन् । उनिहरुले अधिकांश कुराहरु राम्रा भएपनि केहि छुटेको भन्दै त्यसलाई थप्नुपर्ने बताए । जनप्रतिनिधिहरुले केरुङ्गे खोलाको मात्रै तटबन्धन र व्यबस्थापन गर्ने भनि निति तथा कार्यक्रम र बजेटमा आएको भन्दै असन्तुष्टि जनाए । उनिहरुले कावासोती नगरभित्र अन्य खोलाहरुको पनि तटबन्ध एंव व्यबस्थापन गर्नुपर्ने देखिएपनि कार्यपालिकाले पहुंचका आधारमा बजेट विनियोन गरेको भन्दै आक्रोस व्यक्त गरे । उनिहरुले पहुंचका आधारमा नगरस्तरिय कार्यक्रम वडाहरुमा गएको भन्दै सवै वडाहरुमा समान तरिकाले कार्यक्रम नलगिएको गुनासो गरे ।असार-१४, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!