27 C
Kathmandu
Monday, September 21, 2020
2020 Sep 21, Monday 04:10

TRENDING .

कफि काफिया दशमा प्रीतम र रबिन

- Advertisement -
नवलपुरको देवचुलीमा शनिबार गजलका शेरहरुले माहोललाई मनोरञ्जनात्मक बनायो । सिर्जन साहित्य प्रतिष्ठानले आयोजना गरेको मासिक युगल गजल वाचन कार्यक्रम अन्तर्गत दशौं शृङ्खलामा युवा गजलकार रविन शर्मा चापागाईं र प्रीतम भुजेल प्रस्तुत भएका हुन् । कार्यक्रममा दुबै स्रस्टाले १०/१० गजल सुनाए ।
कार्यक्रमको शुरुआतमा रविन शर्मा प्रस्तुत भए ।
यता कुमारीहरु सन्तान जन्माउन बिबश हुँदा
यता पत्रपत्रिकामा मुख्य समाचार भएको छ ।
चापागाईंले समसामयिक गजलहरु धेरै सुनाए । मानवीय संवेदना, देशप्रेम र माया पिरतीका गजल पनि उनले सुनाए । उनी सँगै प्रस्तुत भएका अर्का गजलकार प्रीतम भुजेलले पनि गजलका शेरहरु मार्फत उपस्थित स्रोताको ध्यान खिच्न सफल देखिए । समसामयिक सँगसँगै आमाको माया, विभेद, राष्ट्रियताका सवालमा लेखिएका गजल उनले सुनाए ।
सुस्ता खायो छिमेकीले हेर्छौ अझै कति
सारिँदैछ साँध किल्ला फेर्छौ अझै कति
भुजेलले छिमेकीको हेपाहा प्रवृत्तिलाई गजलका लयमा सुनाउँदा माहोल संवेदनशील देखिन्थ्यो । कार्यक्रममा प्रस्तुत भएका गजलका बारेमा कृष्णादेवी शर्मा, आदर्श सुशील लगायतले बोलेका थिए । कार्यक्रममा सुजन अधिकारी, सदानन्द जैसी, दीपक भट्टराई, अर्जुन अविरल, स्वतन्त्र नेपाल, भानुभक्त सापकोटा, विजय विश्वकर्मा, सरोज पाठक सुमन, सन्जय भट्टराई , सरोज उजाड ,लक्ष्मण भन्ताना, वसन्त भुजेल,सरू चापागाईं लगायत उपस्थित थिए । असार ११, २०७५

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

4 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्