27 C
Kathmandu
Tuesday, January 19, 2021
2021 Jan 19, Tuesday 11:46

TRENDING .

धमाधम गाउं-नगरसभा, नवलपुरका स्थानीय तहमा जलमार्ग, चक्रपथ र कृषि प्राथमीकता

- Advertisement -

प्रदेश नम्बर ४ अन्र्तगत नवलपुर क्षेत्रका चार वटा स्थानीय तहले आईतबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । गैडाकोट , मध्यविन्दु नगरपालिका, हुप्सेकोट र विनय त्रिवेणी गाउंपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । स्थानीय तहलाई असार १० गते सम्म नीति तथा कार्यक्रम प्रस्तुत गरीसक्नुपर्ने समय सीमा तोकीएको छ । अधिकासंले चक्रपथ निमार्ण , सडक , खानेपानी , कृषि र करको दायरा बढाउने मुख्य लक्ष्य उल्लेख गरीएको छ । तर नवलपुर क्षेत्रको दुई नगरपालिका र दुई वटा गाउंपालिकाले भने समयमा नै नीति तथा कार्यक्रम प्रस्तुत गर्न सकेनन् । आन्तरीक तयारी नपुगेको भन्दै केही दिन भित्र नीति तथा कार्यक्रम ल्याउने तयारी छ ।

गैडाकोट नगरपालिका – जलमार्गका लागि सम्भाव्यता अध्ययन

गैडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको तेस्रो नगरसभा मार्फत केहि नया योजनाहरु समेटदै आईतवार नगर उपप्रमुख विष्णु कुमारी कंडेलले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

समृद्ध गौडाकोट महाअभियान वर्षको नारा तय गरि आगामी वर्ष देखि नगरपालिकालाई स्माट सिटीको रुपमा विकास गर्दै लैजाने निती लिईएको छ । नगरपालिकाको ऐतिहासीक पृष्ठभुमी बोकेको भृकुटी कागज कारखाना क्षेत्रलाई सरकारी स्वामित्वमा ल्याउनका लागि आवश्यक पहल गरिने, नगर भित्र उपयुक्त स्थानको छनोट गरी टमा सेन्टरको स्थापना गर्ने, वालमैत्री नगरपालिका घोषणा लगाएतका विषयलाई प्राथमिकतामा राखिएको छ ।

देवघाट देखि अमरापुरी सम्म २८ कि.मी. दुरीको नारायणी नदि किनारमा त्रिमार्ग(जलमार्ग, सडक मार्ग, र पैदल मार्ग) निमार्णको विस्तृत सर्वेक्षण र डिजाईन गरी नेपालकै पहिलो नमुना मार्गको रुपमा संचालनको प्रयास गरिने कार्यक्रम ल्याईएको छ ।

मध्यविन्दु नगरपालिका

मध्यविन्दु नगरपालिकाको तेस्रो नगरसभा बाट आगामि आर्थिक वर्ष २०७५÷७६ का लागि कुल ५५ करोड १३ लाख ४० हजार ८ सय ७९ रुपैया वरावरको अनुमानित बजेट पारित भएको छ । तेस्रो नगर सभामा नगर उपप्रमुख ओमकुमारी महत्तोले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र आय व्ययको अनुमानित वजेट वक्तव्य कार्यपालिकाले सर्वसम्मत पारित गरेको हो । आगामि आर्थिक वर्ष वित्तिय हस्तान्तरण अन्तर्गत नेपाल सरकार वाट प्राप्त १४ करोड ९२ लाख , शसर्त अनुदान तर्फ २० करोड ४५ लाख , राजस्व बाडफांडमा १० करोड ४५ लाख ८२ हजार र प्रदेश सरकार बाट सवारी साधन कर बापत ५६ लाख २४ हजार ८ सय ७९ , वित्तीय समानीकरण अनुदान अन्तर्गत १२ करोड ५९ लाख ४ हजार र वहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत १८ लाख ४० हजार , चालु आर्थिक वर्ष ०७४÷७५ को अनुमानित मौज्दात रकम ८० लाख , नगरपालिकाको आन्तरिक राजस्व अनुमानित ५ करोड , उपभोक्ता समितिवाट हुने नगर एव श्रम सहभागिता मार्फत १ करोड ५० लाख गरि कुल रु ५५ करोड १३ लाख ४० हजार ८ सय ७९ वरावरको अनुमानित वजेट पारित गरिएको हो ।

उज्यालो हुप्सेकोट कार्यक्रमलाई निरन्तरता

हुप्सेकोट गाउंपालिकाले आगामी आर्थिक वर्षका लागि आईतबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउंपालिका अध्यक्ष लक्ष्मी पाण्डेले प्रस्तुत गरेको बजेट गाउंकार्यपालिकाले सर्वसम्मत पारित गरेको हो । सभाले कुल २८ करोड १८ लाख ९७ हजार ३ सय ७८ बराबरको बजेट पारित भएको छ । जस्मा पुजिगतं तर्फ १४ करोड७५ लाख ९७ हजार ३ सय ७८ , चालु तर्फ ३ करोड ३२ लाख ९० हजार र शसर्त अनुदान तर्फ १० करोड ११ लाख रुपैया रहेको छ । आगामी वर्ष यस अघिको उज्यालो हुप्सेकोट कार्यक्रमलाई निरन्तरता दिईएको छ भने चक्रपथ निमार्णलाई प्राथमीकतामा राखीएको छ ।२०७५, असार-११

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्