27 C
Kathmandu
Sunday, April 18, 2021

TRENDING .

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति भेट्दै, यस्तो हुनेछन बुधबारका भेटघाट

- Advertisement -
- Advertisement -spot_imgspot_img

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दैछन् । उनले बुधबार राष्ट्रपति सि जिन फिङसँग भेटवार्ता गर्नेछन् ।

समकक्षी ली खछ्याङसँग भने बिहीबार प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता हुनेछ । ओलीको बुधबार बिहान बेइजिङस्थित नेपाली दूतावासमा नेपाली प्रतिनिधिहरुसँग भेटवार्ता गरेर सुरु हुने छ । त्यसलगत्तै चीन–नेपाल व्यापारिक फोरममा सहभागीता जनाउने कार्यक्रम छ । त्यसपछि ओली टियनमिन स्क्वायरको अवलोकनमा जानेछन् ।

चीन भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा पनि हस्ताक्षर हुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार चीनका एक क्षेत्र एक मार्ग (बीआरआई) अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफल तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ ।

१२० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली मंगलबार बेइजिङ पुगेका थिए । उनले मंगलबार साँझ नेपाली दूतावासले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन पनि गरे । २०७५ असार-६

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्