24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

गृहमन्त्री देखि अर्थमन्त्री सम्मको पदावधिको फैसला गोला तानेर हुँदै ,राष्ट्रियसभा अध्यक्ष, सत्तापक्ष र प्रमुख विपक्षी नेताहरुको प्रतिस्पर्धा

- Advertisement -Flowers in Chania

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको पदावधि कति होला ? आज राष्ट्रियसभाका ५९ सदस्यको भाग्य फैसला हुँदै गर्दा अध्यक्ष तिमल्सिनाले पनि गोला तानेर आफ्नो भाग्य निर्धारण गर्नुपर्नेछ ।

अनौठो संयोग त के छ भने राष्ट्रियसभाका अध्यक्ष, सत्तापक्षको संसदीय दलका नेता र प्रमुख विपक्षी नेताबीच गोला तान्नमा पनि प्रतिस्पर्धा नै हुनेछ । प्रदेश चारबाट निर्वाचित खुला तीन सदस्यमध्ये तिमल्सिना अध्यक्ष छन् भने दिनानाथ शर्मा नेकपा संसदीय दलको नेता र सुरेन्द्रराज पाण्डे प्रमुख विपक्षी दलको नेता छन् ।

उनीहरुमध्ये गोला तानेर एकजनाको २ वर्ष, अर्को एकजनाको चार वर्ष र तेस्रो व्यक्तिको ६ वर्ष पदावधि तय हुनेछ । त्यस्तै गृहमन्त्री रामवहादुर थापा बादल र अर्थमन्त्री डा.युवराज खतिवडाको भाग्य फैसला पनि आजै हुनेछ । बादलको सांसद पदावधि २ वर्ष, ४ वर्ष वा ६ वर्ष कति भन्ने गोला तानेर तय हुनेछ ।

प्रदेश ३ बाट राष्ट्रियसभा सदस्य बनेका बादलसँगै नेपाली कांग्रेसका राधेश्याम अधिकारी र नेकपाका बलराम बास्कोटाले गोला तान्नेछन् । त्यस्तै अर्थमन्त्री डा.युवराज खतिवडाले राष्ट्रपतिबाट मनोनित तीन सांसदबीच गोला तान्नुपर्नेछ । खतिवडा,रामनारायण बिडारी र डा.बिमला राई पौडेलमध्ये कम्तिमा २ र बढीमा ६ वर्षको कार्यकाल हुनेछ । असार-४, २०७५

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्