27 C
Kathmandu
Sunday, April 18, 2021

TRENDING .

चीन भ्रमणबारे जानकारी गराउन संसदमा प्रधानमन्त्रीको आज सम्बोधन

- Advertisement -
- Advertisement -spot_imgspot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको पुर्व सन्ध्यामा आज संसदलाई सम्बोधन गर्ने भएका छन् उनले भ्रमण बारे संसदलाई जानकारी गराउन सम्बोधन गर्ने भएका  हुन् । अपराह्न ४ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्दै ओलीले सो भ्रमणबारे जानकारी दिनेछन् ।

ओली मंगलबार जम्बो प्रतिनिधिमण्डलसहित चीनको ६ दिने औपचारिक भ्रमणमा जाँदैछन् । स्रोतका अनुसार भ्रमण टोलीमा एक सयभन्दा बढी सदस्य रहनेछन् ।

ओलीले चीन भ्रमणका एजेण्डा र नेपालको तयारीबारे संसदमा जानकारी गराउने छन् । चीनसँग ऊर्जा, कृषि, रेलवे लगायतका क्षेत्रमा सम्झौता गर्ने नेपालको तयारी छ । प्रधानमन्त्री ओलीले चीन भ्रमणको विषयमा आइतबार पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श पनि गरेका थिए । २०७५ असार ४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्