27 C
Kathmandu
Sunday, April 18, 2021

TRENDING .

डोजर चल्यो….मेयरले चलाएको डोजरले दुई पत्रकारसहित तीन घाइते

- Advertisement -
- Advertisement -spot_imgspot_img

सामान्यतः कसैले सवारी चालक अनुमतिपत्र नभई सवारी साधन चलाएको भेट्टाएमा ट्राफिक प्रहरी कार्यालय कास्कीले कानून वमोजिम सवारी साधन चलाउन दिने र चलाउने दुवैलाई जनही एक–एक हजार रुपियाँ जरिवाना गराउने गरेको छ । यदि त्यस सवारी चालक अनुमतिपत्र नहुने मानिसले दुर्घटना गराएमा ट्राफिक प्रहरीले चालक र सवारी साधन दुवैलाई नियन्त्रणमा लिएर आवश्यक थप कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाउने गरेको छ भने घाइतेको उपचार खर्च सवारी चलाउनेलाई ब्यहोर्न लगाउने गरिएको छ ।
तर शुक्रबार बिहान पोखरा लेखनाथ महानगरपालिका वडा नं ५ फिर्केमा फ्टपाथको उद्घाटन गएका मेयर मानबहादुर जिसीले चलाएको जेसिभी डोजरको बकेटले लागेर रेलिङ भाँच्चिंदा दुईजना पत्रकारसहित तीन जना घाइते भए । न त मेयर जिसीलाई ट्राफिक प्रहरीले जरिवाना गरायो, न पक्राउ गरेर आवश्यक थप कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की नै पठायो । अचम्म त मेयर जिसीले चलाएको जेसिभी डोजरले दुईपत्रकारसहित तीन जना घाइते भएको कुरा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई जानकारी नै रहेनछ । जिल्ला ट्राफिक प्रहरी प्रमुख ऐनबहादुर मल्लले शुक्रबार साँझ ६ बजे जनसञ्चार डट कमसँग कुरा गर्दै अघि भने,“मेयरसापले चलाएको डोजरले लागेर मान्छे घाइते भएको सुनेको छु । तर आधिकारिक रुपमा मलाई जानकारी छैन ।” उनले अघि थपे, “मैले के भएको हो भन्ने बारेमा बुझ्दैछु । बुझिसकेपछि गल्ती देखिएमा कारवाही हुन्छ ।”

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले भने आफूले राम्रो मनशायले काम गरेको भएपनि दुर्भाग्यपूर्ण घटना भएको प्रतिक्रिया दिए । उनले कामको उद्घाटन गर्न आफू ड्राइभर सिटमा बसेको बेला आफूसँगै डोजरमा चढेका तीन–चार जना मध्येकाले हेण्डिल चलाईदिएकाले बकेट चल्न गई उक्त दुर्घटना भएको दाबी गरे । उनले अघि भने, “म कामको उद्घाटन गर्न डोजरमा चढें । मसँगै डोजरमा चढेका तीन–चारजना मध्येकाले पछाडिको हेण्डिल चलाइदिएछन् । बकेट चल्न गयो र रेलिङतिर गएर दुर्भाग्यपूर्ण घटना हुन पुग्यो । ”

पोखरा लेखनाथ महानगरपालिका कार्यालय, वडा नम्बर ५ कार्यालय र फिर्के खोला वातावरण संरक्षण तथा बाटो निर्माण उपभोक्ता समिति पोखरा –५, को आयोजनामा भएको कार्यक्रममा मन्तव्यको क्रम सकिएपछि मेयर जिसी वडाध्यक्ष धनबहादुर नेपालीसँगै डोजरमा शुभारम्भ गर्न गएका थिए । डोजर चलाउने ज्ञान नभएका पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले फिर्के खोलामा बन्ने पैदलमार्ग (फूट ट्रयाक) को उद्घाटन गर्ने क्रममा शुक्रबार बिहान पौने दश बजे अपरेटर सिटमा बसेको केही छिनमै एक्कासि डोजरको अगाडिको बकेट बायाँतिर घुम्दा नजिकैको रेलिङ भाँच्चिएको थियो । डोजर अपरेटर लिलाचन्द्र डल्लाकोटीले सिट छाडेर पछाडि सरेपछि मेयर जिसी बस्दा अपरेटर पनि सँगै थिए । त्यही रेलिङ भाँच्चिंदा त्यही रेलिङमा बसेर फोटो खिच्न लागेका पत्रकारहरु र सर्वसाधारण फिर्के खोलामा खसेका थिए ।

सोही क्रममा गण्डकन्यूज डट कमका रञ्जन अधिकारी र अन्नपूर्ण एफएमका सन्देश श्रेष्ठ तथा पोखराको सृजनाचोकस्थित प्रगति आमा समूहकी अध्यक्ष गौरी पौडेल घाइते भएका थिए । घाइते पत्रकारद्वयका स्थानीय अस्पतालमा उपचार भई घर फर्केका छन् भने केही गम्भीर घाइते भएकी पौडेलको मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको छ ।

पोखरा लेखनाथ महानगरवडानम्बर –१८, को अँधेरी कुनादेखि ड्यामसाइडसम्म फिर्केको ६ किलोमिटरको दूरीमा पैदलमार्ग बनाउने महानगरको योजना छ । पैदलमार्ग बनाउनको लागि फिर्के खोला वातावरण संरक्षण तथा बाटो निर्माण उपभोक्ता समितिले काम सुरु गरेको छ । ज.स. बाट २ असार, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्