8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

राप्रपामा दुई लाइन : ज्ञानेन्द्रसँग नजिक हुने कि कांग्रेससँग ? कोहि ‘थर्ड लाइन’ को खोजीमा, कोहि कांग्रेसतिर नजिक

- Advertisement -
- Advertisement -spot_imgspot_img

पार्टी एकताका लागि वार्ता समितिसमेत बनाइसकेका राप्रपाका दुईवटा समूहभित्र नेपाली कांग्रेस लगाएतका गणतन्त्रवादी शक्तिसँग नजिक हुने की पूर्वराजा ज्ञानेन्द्रसित नजिक हुने  भन्ने विषयमा दुईवटा धार देखिएका छन् ।

विशेष गरी पशुपतिसमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकभित्र कमल थापासँग पार्टी एकता गर्ने कि कांग्रेससँग मिल्ने भन्ने विषयमा दुई फरक लाइन देखा परेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रको सल्लाह मान्ने नेताहरु कमल थापासँग एकता गरेर संवैधानिक राजतन्त्र एवं हिन्दु राष्ट्रको नारामा अघि बढ्नुपर्ने लाइनमा छन् । राप्रपा प्रजातान्त्रिककै अर्को समूहचाहिँ गणतन्त्रलाई स्वीकार गर्दै कांग्रेस र राजपासँग एकता गर्नुपर्ने पक्षमा उभिएको छ ।

कमल थापाको पार्टीभित्र चाहिँ कांग्रेससँग मिल्नुपर्छ भन्ने धार देखिएको छैन । यद्यपि पशुपतिसमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकसँग पार्टी एकता गर्नुपर्छ र गर्नुहुँदैन भन्ने अन्तरविरोध कमल थापाको पार्टीभित्र देखा परेको छ ।

राजा ज्ञानेन्द्रका विश्वासपात्र मानिँदै आएका राप्रपा राष्ट्रवादीका नेता डा. प्रकाशचन्द्र लोहनीले भने अहिलेसम्म कुनै वार्ता समिति गठन गरेका छैनन् । तर, उनी राजतन्त्रकै लाइनमा उभिँदै आएका छन् र उनी कमल थापालाई नेता मानेर पार्टी एकता गरिहाल्ने पक्षमा छैनन् । जेठ-३१, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!