27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 01:26

TRENDING .

कांग्रेसमा तत्कालीन संस्थापन समूहका नेताहरु एउटै मञ्चमा, देउवाविरोधी समूहबाट शशांक कोइराला आउट !

- Advertisement -

पार्टी नेतृत्वको विपक्षमा रहेका कांग्रेसका पुरानो सस्थापन समुहका नेताहरु एउटै मञ्चमा देखिएका छन् । नेपाल विद्यार्थी संघ काठमाडौंको ब्यानरमा भएको कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, युवा नेताहरु गगन थापा र प्रदीप पौडेल पनि मञ्चमा देखिए ।

कार्यक्रममा १३ औं महाधिवेशनअघिको तत्कालीन संस्थापन समूहका अधिकांश नेता सहभागी थिए । तर, पौडेल समूहबाटै चुनाव जितेका महामन्त्री शशांक कोइराला भने अनुपस्थित रहे । शेखर कोइराला पनि कार्यक्रममा देखिएनन् ।

जिल्ला सभापतिहरुको भेलाको पूर्वसन्ध्यामा भएको यस्तो खाले जमघटलाई विशेष रुपमा हेरिएको  छ । चुनावी समीक्षाका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकदेखि नै कांग्रेसमा ध्रुवीकरणको सुरुवात भएको थियो । पदाधिकारी मनोनयनले त्यसलाई थप मलजल गर्‍यो । अहिले भ्रातृ तथा शुभेच्छुक संगठनहरुमा देउवाइतरको समूह एक हुने र नेतृत्वको उम्मेदवारलाई हराउने प्रयास चलिरहेको छ ।

महामन्त्री कोइरालाको भूमिकालाई लिएर पौडेल समूहमा निक्कै असन्तुष्टि देखिएको छ । खासगरी पूर्वमहामन्त्री प्रकाशमान सिंहले खुलेरै उनको विरोध गर्ने गरेका छन् । देउवासँग मिल्ने तर, पुरानो संस्थापन समूहको नेतृत्व गर्न खोजेको भन्दै सिंह समूहले महामन्त्री कोइरालाको आलोचना गर्ने गरेका छन् ।

सोमबार कार्यक्रमको आयोजक नेविसंघ काठमाडौंको सभापति मनोज वैद्य पनि सिंह निकटका हुन् । महामन्त्री कोइरालालाई मञ्चमा नराखेर देउवाविरोधी समूहमा नरहेको सन्देश दिन खोजिएको एक नेताले बताए । जेठ-२९,२०७५

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्